प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले"/>
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले पहिलो दल बन्नेछौ- प्रचण्ड

६ चैत्र २०७८, आईतवार ०५:०८

चैत ६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आफ्नै बलमा चुनावमा जाने दावी गरेका छन् । 

प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले नै तालमेल गर्न खोजेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो दल बन्ने सम्भावना प्रवल रहेको दाबी गरेका छन् ।प्रगतिको मुख्य संवाहक माओवादी नै रहेछ भनेर जनताले गहिरो रियलाइजेसन गरेको उनको भनाइ छ । 

‘२०६४ सालमा आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिती थिएन, देशभरबाट ५, १० सीट ल्याउँछ भन्थे । जनताले यथार्थ के हो भन्ने देखाइदिएका थिए,’ प्रचण्डले भने, ‘अब २०७९ सालका चुनावमा पहिलो पार्टी बन्ने सम्भावना छ । बीचमा गल्ती गरेछौँ भनेर जनतामा रियलाइजेसन भएको छ ।’

प्रचण्डले तराईका जिल्लामा माओवादीको पक्षमा जनउभार शुरू भएको उनले दावी गरे । ‘मधेसमा एउटै जिल्लामा हजार, १२ सय आउने गरेका छन् । विगतमा माओवादी प्रगतिको सम्वाहक हो भन्ने बुझ्न सकिएन भन्ने उहाँहरुको भनाइ पाएको छु,’ उनले भने, ‘अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले लड्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज