२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुन्डीमार्फत लाखौ डलर ठगी गरेको आरोपमा अस्ट्रेलियाको नेपालीलाई ४६ महिना जेल सजाय

२०७८, ८ चैत्र मंगलवार ०७:१९

चैत ८, काठमाडौँ । नेपालमा अवैध रहेको हुन्डीमार्फत लाखौ डलर ठगी गरेको आरोपमा  मेलबर्नका एक नेपालीलाई अदालतले जेल सजाय तोकेको छ।मेलबर्न बस्दै आएका नेपाली युवा भरत केसीले विभिन्न ४० व्यक्तिको २ लाख डलरभन्दा बढी रकम ठगी गरेको पुष्टी भएपछि भिक्टोरिया काउन्टी अदालतले उनलाई ४६ महिना जेल सजाय सुनाइएको हो। 

केसी पछिल्लो डेढ वर्षदेखि ठगिको ओरोपमा प्रहरी हिरासतमा छन्। अदालतको आदेशसँगै उनलाई प्रहरी हिरासतबाट जेल चलान गरिएको छ।भिक्टोरिया काउन्टी कोर्टका न्यायाधीशले केसीको अपराधले थुप्रै परिवार प्रभावित भएको भन्दै समाजमा उनको अपराध क्षम्य नहुने भन्दै सजाय सुनाएका हुन्।

ठगिएको रकम फिर्ताका लागि पीडितले अबको ६ महिनाभित्र क्षतिपूर्तिसहित दाबी गर्न सक्ने भएका छन्। अदालतमा केसीको तर्फबाट सुनवाई गरेका वकिलले निजको अवस्था चिन्ताजनक रहेको, पारिवारिक समस्या रहेको र कुलतमा फसेका कारण यस्तो भएको बताए पनि न्यायाधीशले त्यस कुराको पृष्टी हुन नसकेको भन्दै सजाय तोकेका हुन्। 

अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय भएको अवस्थामा सजाय पूरा भएपछि मुलकबाट अनिवार्य डिपोर्ट हुने नियम छ। 

पीआरनै भए पनि यस्तो अपराध र जेलसजायपछि स्वतः रद्द हुने र स्वदेश फर्काइदिने नियम अष्ट्रेलियाको कानुनमा छ। यसका लागि अध्यागमनलाई समेत सूचित गरिने भएको छ। 

केसीले अधिकांश नेपाली विद्यार्थीलाई ठगेका थिए। तीमध्ये कतिपयको ३० हजार डलरभन्दा बढी रकम ठगी गरेका छन्।

करिब दुई वर्षअघि भिक्टोरियाका नेपाली समूदायबीच उनले सबै रकम फिर्ता गर्ने र अबदेखि यस्तो कार्यमा संलग्न नहुने लिखित सहमति गरे पनि निजले ठगी धन्दा कायमै राखेका थिए।त्यसपछि उनीविरूद्ध प्रहरीमा मुद्दा दायर गरिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा प्रमाणको रूपमा निजले गरेको लिखित सहमति, भिडियोमा स्वीकार गरेको विषयलाई पनि आफ्नो दायरामा लिएको हो। 

ठगी काण्डको पर्दाफास गर्ने अभियानमा लागेका एक पीडितले केसी जेल गएपछि आफूले केही राहतको सास फेरेको बताए।

‘मेरो २५ लाख पाउनुपर्ने छ। हेरौं के हुन्छ’, उनले भने,‘ढिलै भए पनि उनलाई जेल सजाय दिलाउन पाउँदा खुसी लागेको छ।’

उनले हुन्डी र ठगी जस्तो प्रवृत्ती रोक्न नेपाली समुदाय अगाडि आउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह