११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

१० चैत्र २०७८, बिहीबार ०८:३३

चैत १०, काठमाडौँ । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी चितवन कारागार पठाएको हो ।

गुरुङ पक्राउ गर्नुलाई निकुञ्जले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । प्रतिवादीलाई निकुञ्जले १५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेला वन्यजन्तुसम्बन्धी मुद्दाको फैसला निकुञ्जले नै गर्ने व्यवस्था थियो ।

१४ असोज २०६२ मा निकुञ्जको मध्यवर्ती क्षेत्र सौराहामा गोरखा साविक सिर्दिबास गाविसका सुरेन्द्र गुरुङ र साविक सिम्जुङ गाविसका वीरबहादुर गुरुङलाई निकुञ्जले एक थान बाघको छाला र नगद ४१ हजारसहित पक्राउ गरेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा थप दुईजना फरार प्रतिवादीको संलग्नता रहेको खुलेको निकुञ्जको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ९ कात्तिक २०६२ मा निकुञ्जमा दायर भएको बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा निकुञ्जले चितवन प्रहरीको सहयोगमा गुरुङलाई भरतपुर महानगरपालिका-१ लिलाचोकबाट पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा