२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सरकारी स्कुल कलेजका अब्बल रसुवाका सनत आचार्यले गोल्ड मेडल हात पारे

१८ मंसिर २०७२, शुक्रबार ०२:५८

sanata aachayarayमङ्सिर १८, रसुवा ।
लहरेपौवा गाविसका सनतकुमार आचार्य कहिल्यै निजी शिक्षालय पुगेनन्। एसएलसी रसुवाकै सरकारी स्कुल नीलकण्ठ
उच्च माविबाट उत्तीर्ण गरे, प्लस टु त्यहीँबाट सके। स्नातक राजधानीको रत्नराज्य क्याम्पसमा पढे। त्रिवि
केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर सक्दा उनको हातमा पर्‍यो तीन वटा पदक ।

गणितका विद्यार्थी आचार्यले स्नातकोत्तरमा ९४।९५ प्रतिशत अंक ल्याई विशिष्ट
श्रेणीमा प्रथम हुँदै चान्सलर पदक प्राप्त गरेका हुन्। उनले सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम स्थान
हासिल गरी रामप्रसाद माननन्धर स्वर्ण पदक ९गोल्ड मेडल० र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण
पदक पनि पाएका छन्। आचार्यले बुधबार त्रिभुवन विश्वविद्यालयको ४१ औं दीक्षान्त समारोहमा ती पदक हात
गरेका हुन्।

पढ्न सक्ने विद्यार्थीका लागि सरकारी शिक्षा नै
उत्तम हो, पदक प्राप्त गरेपछि आचार्यले नागरिकसँग भने, निरन्तर कक्षामा उपस्थित हुने र बुझेर अध्ययन
गर्ने विद्यार्थीका लागि सरकारी शिक्षाले नै अब्बल बनाउँछ। उनले घरमा परिवारले पढाइका लागि अनुकूल
वातावरण बनाइदिए अझ राम्रो हुने बताए।

पेसाले शिक्षक उनले
सरकारी शिक्षाप्रति नकारात्मक धारणा हुनेहरूका लागि आफू गतिलो उदाहरण बन्न सकेको गर्व महसुस भएको बताए।
मेरो पढाइको पहिलो र अन्तिम खुट्किलो सरकारी शिक्षा नै हो,सनतले नागरिकसँग भने।

२१ औं दीक्षान्त समारोहमा सरकारी स्कुल, कलेज पढेरै स्वर्णपदक पाउने आचार्यजस्तै अन्य
थुप्रै विद्यार्थी छन्। त्रिविका अनुसार यसपालि स्वर्णपदक जित्नेमध्ये आधाभन्दा बढी सरकारी स्कुल पढेर
आएकाहरू नै छन्। सरकारी स्कुलबाटै एसएलसी पास गरेका रुपन्देहीका हुमनाथ तिमल्सिना अर्का गोल्ड मेडलिस्ट
हुन्। उनले पनि बुधबार तीनवटा पदक पाए।

अर्थशास्त्र केन्द्रीय
विभाग, त्रिवि क्याम्पस, कीर्तिपुरबाट एमएमा ७६।१ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणीमा सर्वप्रथम
भई उनले तारापद चौधरी पदक प्राप्त गरे। अर्थशास्त्र विषयमा सर्वप्रथम भई उनले खगेन्द्रमानसिंह प्रधान
पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि प्राप्त गरे। अभिभावकको दबाबभन्दा पनि रुचिअनुसार विषय छनोट
गरी अध्ययन गर्दा सफल भइन्छ, उनले भने, मैले बुबाको दबाबमा सिए तीन वर्ष अध्ययन गरेँ, तर बीचैमा छाडँ।
आफ्नो रुचिको अर्थशास्त्र पढेर मेडल थापेँ

उनले सरकारी
स्कुल–कलेजमा अध्ययन गर्ने विद्यार्थीमा आफं अध्ययन गर्ने बानी हुने र सिर्जनात्मक हुने बताए। तर,
त्रिवि शिक्षामा सैद्धान्तिक बढी भएकाले उत्पादित जनशक्ति गोल्ड मेडलिस्ट भए पनि विश्वबजारमा
प्रतिस्पर्धा गर्न मुस्किल छ, उनले भने।

पाल्पाको शारदा माविबाट
एसएलसी र त्रिभुवन बहुमुखी क्याम्पसबाट आइएस्सी र बिएस्सी पास गरेका कमलप्रसाद पाण्डेले पनि त्रिवि
क्याम्पस, कीर्तिपुरबाट एमस्सी रसायनशास्त्र विषयमा ७९।३ प्रतिशत अंक प्राप्त गरी सर्वप्रथम हुँदै अर्मत
पदक र पिएम सिंह पदक प्राप्त गरेका छन्।

किसान परिवारमा जन्मेको
मैले हालसम्मको शिक्षा सरकारीमै प्राप्त गरेँ र त्रिविका सम्पूर्ण आंगिक र सम्बन्धनप्राप्त निजी कलेजका
विद्यार्थीसँग प्रतिस्पर्धामा अब्बल हुनु मेरो लागि गौरवको विषय हो,पाण्डेले भने। उनले चुस्त व्यवस्थापन
र समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्न सके सरकारी शिक्षा नै अब्बल हुने बताए। सरकारी स्कुलका
विद्यार्थीमा सानैदेखि स्कुलमा संघर्ष गर्नुपर्ने भएकाले मेहनत गर्ने बानी विकास हुन्छ, त्यसैले जुनसुकै
परिस्थितिमा पनि सफल हुन सक्छन्, उनले भने।

परीक्षाको समयमा
मात्र अध्ययन गर्ने परिपाटीले गर्दा सरकारीका विद्यार्थीले अध्ययन र परीक्षामा मुस्किल सामना गर्नुपरेको
अर्की गोल्ड मेडलिस्ट आराधना बस्नेतको अनुभव छ। उनले एमए पुस्तकालय विज्ञानमा ८१।६ प्रतिशत अंक प्राप्त
गरी विशिष्ट श्रेणीमा प्रथम स्थान हासिल गरी शान्तिनारायण मिश्र पदक प्राप्त गरेकी छन् ।

बुटवलकी विमाकुमारी सापकोटा शिक्षाशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय
क्यम्पस कीर्तिपुरबाट एमएड तहमा ७७।७ प्रतिशत अंक प्राप्त गरी सर्वप्रथम भएकी छन्। उनले विद्यार्थीले
परीक्षाको त्रासबाट मुक्त भएर सुरुदेखि कक्षामा निरन्तर भए र घरमा नियमित अध्ययन गरे आफ्नो विषयमा अब्बल
हुने जनाइन्। घोकेर होइन, बुझेर अध्ययन गरे पुग्छ,सापकोटाले सुझाइन्, त्रिविका आंगिक र केन्द्रीय
विभागमा शिक्षक र विद्यार्थी नियमित कक्षामा उपस्थित भएर अनुसन्धानमूलक अध्ययन गर्ने प्रवृत्ति विकास
गरे मात्र उत्पादित जनशक्ति विश्वबजारमा बिक्न सक्छ।

यसपटक
त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकायअन्तर्गतका ६० आंगिक र सम्बन्धनप्राप्त कलेजका ६१ हजार ७ सय
१६ विद्यार्थी दीक्षित हुन योग्य थिए। तर, बुधबार दीक्षान्त समारोहमा ७ हजार ३ सय ४२ जना मात्र सहभागी
थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने