१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपेटिका साटिने सम्भावना छैन : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ

२९ बैशाख २०७९, बिहीबार १०:४८

वैशाख २९, हेटौंडा | मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्ताे नहुने उनले बताए । 

यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जाेर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेकाे हुनसक्ने उनकाे अनुमान छ । तर, यस पटककाे मतपेटिका निकै सुरक्षित रहेकाे उनकाे दाबी छ ।

‘अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेका छौँ,’ उनले भने, ‘जस्तै मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ छ । त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन । त्यस्तै एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बर एउटा शिलदेखि अर्काे शिलसँग जोडिँदैन । मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका गर्नु पर्दैन । बाकस साट्ने सम्भावना छैन ।’ श्रेष्ठले मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको  पनि बताए । ‘हामीले निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत हुनुहुन्छ । प्रतिबद्धता जनाउनु भएको छ ।’

असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ । ‘अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने आज पनि सुनको मूल्य हालसम्मकै महँगो ! दिल्ली क्यापिटल्सबाट रिलिज भए रिषभ पन्त, मेगा अक्सनमा जादै