१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु सेवा सञ्चालक संघको आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु हुने

८ असार २०७९, बुधबार ०६:१३

असार ८, काठमाडौँ | वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडान नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ ।


यती एयरलाइन्सले पनि ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ ।

श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने अनलाइनखबरलाई बताए । ‘हेलिकोप्टर त बिहानैदेखि अपरेसनमै छ, हवाईजहाज भने ११ बजेदेखि नियमित सेवामा हुन्छ,’ उनले भने ।

वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णयबाट वायु सेवा सन्चालक पछि हटेका थिए ।

वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।

वार्तामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा सन्चालक संघले नियम पालना गर्नैपर्ने अडान राखेका थिए । अन्यथा प्राधिकरणले आवश्यक कारबाही अघि बढाउने चेतावनी उनले दिएका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्न सर्कुलर जारी गरेको थियो । सर्कुलर अनुसार हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि र हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने थियो । यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने थियो । यसको विरोधमा नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ