२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौतर्फी दबाबमा अर्थमन्त्रीः आज देलान् राजीनामा?

२०७९, २२ असार बुधबार ०८:१५

असार २२, काठमाडौँ |  बजेट निर्माणमा भएको अनियमितता प्रकरणलाई यत्तिकै सामसुम पार्ने प्रयास असफल भएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चर्को दबाब परेको छ । उनले आफूमाथि उठेका प्रश्नहरुको आज संसदमा जवाफ दिने तयारी गरेका छन् ।


आजै बिहान माओवादीका शीर्ष नेता सम्मिलित बैठक अर्थमन्त्रीकै विषयमा केन्द्रित थियो । उक्त बैठकमा अर्थमन्त्रीले राजीनामा गर्ने संकेत गरेनन् । बैठकमा कुनै गल्ती नै नगरेकाले अर्थमन्त्रीले राजीनामा दिइरहनुनपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए । प्रतिपक्षी एमालेसँग छलफल गरेर संसदीय छानबिन समितिसम्म निर्माण गर्ने आफूहरूको बटमलाइन रहेको प्रचण्डले बताएका थिए ।

तर, छानबिन समिति बनाएर मात्रै अर्थमन्त्री जोगिनेवाला छैनन् । यस्तो समितिलाई काम गर्ने वातावरण बनाउनका लागि पहिलो सर्त भनेकै अर्थमन्त्रीलाई पदबाट निलम्बन हो । शर्मालाई अर्थमन्त्रीको कुर्सीमै राखेर छानबिनका लागि प्रतिपक्षी दल एमाले तयार हुने देखिँदैन ।

अर्कोतर्फ अर्थसचिव मधुकुमार मरासिनीले बिदामा बसेर अर्थमन्त्रीमाथि अर्को दबाब थपेका छन् । यसले अर्थमन्त्रीका क्रियाकलापसँग अर्थसचिव नै असन्तुष्ट रहेको सन्देश गएको छ । अर्थसचिवले व्यक्तिगत समस्या देखाएर बिदा लिएको भए पनि ‘स्याल कराउने र कुखुरा हराउने’ जस्तो संयोग मात्र यो होइन ।

बालुवाटारको दबाब

चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल, आफ्नै पार्टीका शीर्ष नेताहरू र नागरिक समाजबाट चर्को दबाब बढ्दै गएपछि निकासको बिकल्प अर्थमन्त्रीको बहिर्गमन नै रहेको देउवाको निष्कर्ष रहेको स्रोतले बतायो ।

‘आज प्रतिनिधिसभामा सम्बोधन गरेर छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गर्नसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा