१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौतर्फी दबाबमा अर्थमन्त्रीः आज देलान् राजीनामा?

२२ असार २०७९, बुधबार ०८:१५

असार २२, काठमाडौँ |  बजेट निर्माणमा भएको अनियमितता प्रकरणलाई यत्तिकै सामसुम पार्ने प्रयास असफल भएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चर्को दबाब परेको छ । उनले आफूमाथि उठेका प्रश्नहरुको आज संसदमा जवाफ दिने तयारी गरेका छन् ।


आजै बिहान माओवादीका शीर्ष नेता सम्मिलित बैठक अर्थमन्त्रीकै विषयमा केन्द्रित थियो । उक्त बैठकमा अर्थमन्त्रीले राजीनामा गर्ने संकेत गरेनन् । बैठकमा कुनै गल्ती नै नगरेकाले अर्थमन्त्रीले राजीनामा दिइरहनुनपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए । प्रतिपक्षी एमालेसँग छलफल गरेर संसदीय छानबिन समितिसम्म निर्माण गर्ने आफूहरूको बटमलाइन रहेको प्रचण्डले बताएका थिए ।

तर, छानबिन समिति बनाएर मात्रै अर्थमन्त्री जोगिनेवाला छैनन् । यस्तो समितिलाई काम गर्ने वातावरण बनाउनका लागि पहिलो सर्त भनेकै अर्थमन्त्रीलाई पदबाट निलम्बन हो । शर्मालाई अर्थमन्त्रीको कुर्सीमै राखेर छानबिनका लागि प्रतिपक्षी दल एमाले तयार हुने देखिँदैन ।

अर्कोतर्फ अर्थसचिव मधुकुमार मरासिनीले बिदामा बसेर अर्थमन्त्रीमाथि अर्को दबाब थपेका छन् । यसले अर्थमन्त्रीका क्रियाकलापसँग अर्थसचिव नै असन्तुष्ट रहेको सन्देश गएको छ । अर्थसचिवले व्यक्तिगत समस्या देखाएर बिदा लिएको भए पनि ‘स्याल कराउने र कुखुरा हराउने’ जस्तो संयोग मात्र यो होइन ।

बालुवाटारको दबाब

चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल, आफ्नै पार्टीका शीर्ष नेताहरू र नागरिक समाजबाट चर्को दबाब बढ्दै गएपछि निकासको बिकल्प अर्थमन्त्रीको बहिर्गमन नै रहेको देउवाको निष्कर्ष रहेको स्रोतले बतायो ।

‘आज प्रतिनिधिसभामा सम्बोधन गरेर छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गर्नसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ