पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सु"/>
2026-09-19 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डेढ लाख ऋण, ८० लाख ब्याज

साउन २७, पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सुनेको छैन, त्यसैले बसाइ लम्बिएको छ ।

उता चौथो दिनदेखि घरमा चुलो बाल्न श्रीमती मान्सालाई महाभारत भएको छ । नवलपरासीको रतनगन्जका ७७ जना अहिले माइतीघरमा छन् । मिटरब्याजी सुदखोरबाट पीडितहरू गाउँलेले कहिले न्याय पाउने हुन्, कहिले फर्किने हुन् ? स–साना बालबच्चा, वृद्धवृद्धालाई मेसो छैन । गरिखाने युवाको अभावमा रतनगन्जमा अहिले सन्नाटा छ ।

उनको घरको अवस्था पहिले यस्तो थिएन । खेत थियो, उब्जनीले वर्षभरि खान पुग्थ्यो । तर अहिले उनीहरू भूमिहीन भएका छन् । ओत लाग्ने छाप्रो पनि कति बेला छोड्नुपर्ने हो, पत्तो छैन । दिन कसरी बिग्रिए ? मान्साले कथा सुनाइन् ।

पति हृदयशले वैदेशिक रोजगारीका लागि कतार जान गाउँकै साहु सुनीलकुमार गुप्तासित आठ वर्षअघि एक लाख रुपैयाँ ऋण लिएका थिए । त्यसका निम्ति ११ कट्ठा जग्गा दृष्टिबन्धकमा राखे । कतारमा भनेजस्तो रोजगारी नपाएपछि उनी ८ महिनामै फर्किए । त्यतिबेलासम्म मिटरब्याजमा लिएको ऋणले आकाश छोइसकेको थियो । एक लाख लिएको हो भन्ने उनीहरूलाई थाहा छ, तर ब्याज कति भयो भन्ने थाहा छैन । मान्साका अनुसार उनीहरूले दृष्टिबन्धकमा राखेको जग्गा बेचेर तीन वर्षअघि २० लाख ३८ हजार रुपैयाँ बुझाए । तर पनि दुःख सकिएनन् । ‘त्यत्रो पैसा बुझाउँदा पनि ऋणमुक्त भएका छैनौं,’ मान्साले भनिन्, ‘अझै चार लाख मागिरहेका छन् ।’

‘ऋण’ उठाउन भन्दै काममा जोताउने, दुर्व्यवहार गर्ने र छाप्रो पनि छोड्न भनेर धम्की दिने क्रम बढेपछि हृदयश न्याय खोज्न संघीय राजधानी काठमाडौं हिँडका हुन् । साहुबाट सताइएका उनीजस्ता धेरै छन् । सुस्तामात्र होइन, प्रतापपुर, बर्दघाट, रामग्राम र सरावलका पीडितहरू माइतीघरमा छन् ।

मिटरब्याजीविरुद्ध संगठित भएका गाउँलेहरू जेठमा पहिलोपटक काठमाडौं पुगेका थिए । १५ दिनसम्म माइतीघरमा धर्ना बसेपछि समस्या समाधान गरिदिने भन्दै गृह मन्त्रालयले कागजी सम्झौता गरेपछि उनीहरू गाउँ फर्किए । तर असार ९ गते ४५ वर्षीय साहुकार सुनील र ५० वर्षीय जगदीश गुप्तालाई प्रहरीले पक्राउ गर्‍यो । २० दिन थुनामा बसेपछि प्रशासनले उनीहरूलाई आवश्यक परेको समयमा हाजिर हुने गरी छाडिदियो । पीडितहरू फेरि निराश भए ।

उनका अनुसार दुई छोराले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बाबु रामशुभकले जग्गा दृष्टिबन्धक राखेर साहु सुनीलकुमारसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । ‘दुवै छोराले कमाएर पठाउँथे, यता बुबाले सबै रकम निकालेर साहुलाई बुझाउनु हुन्थ्यो । तर कमाएर जति पठाए पनि साहुबाट छुटकारा नपाएपछि कान्छा छोरामा मानसिक समस्या देखियो । जसोतसो बाँचेर आएको छ,’ उनले भनिन् । जम्मा डेढ लाख ऋण लिए पनि दुई छोराले कमाएको सबै पैसा र २२ कट्ठा जग्गा बिक्री गरेर आएको रकम साहुलाई बुझाउँदा पनि ऋण चुक्ता नभएको उनको भनाइ छ ।

सुरसतीका जेठा छोरा रामनाथले भने, ‘दाजुभाइले कमाएको १२ लाख रुपैयाँ पनि बुझायौं, खेत बेचेर १८ लाख तिर्‍यौं । तर, साहुले अझै पनि ५० लाख रुपैयाँ तिर्नु छ भन्दै धम्काइरहेको छ, त्यसैले बुबा काठमाडौं जानुभएको हो, सरकारले सुनेन भने हाम्रो उठीबास हुन्छ, जाने कहाँ हो, थाहा छैन ।’ यही बेला साहुले केही तलबितल गर्ने हुन् कि भन्ने त्रास पनि उनीहरूलाई छ । किनकि केही समयअघि मिटरब्याजी साहुले प्रमुख जिल्ला अधिकारीकै सामुन्ने उनीहरूलाई थर्काएका थिए ।

न्याय खोज्न बाबु काठमाडौं हिँडेदेखि रामनाथ टीभीमा नछुटाई समाचार हेरिरहेका छन् । कतै न्याय मिलेको खबर आइहाल्छ कि भन्ने समाचार अझै आइसकेको छैन । एक दिन उनले बाबुलाई टीभीमा बोलिरहेको देखे । ‘खाना खाएको छैन, भोकै छु भन्नुहुन्थ्यो, सुनेर मनै खिन्न भयो,’ उनले भने ।

रतनगन्जस्थित दक्षिण टोलका ७५ वर्षीय चन्डुल चमारले पनि दुई छोरा वैदेशिक रोजगारीमा जाने भएपछि साहु सुनीलसँग १ लाख ५० हजार रुपैयाँ कर्जा लिएका थिए । त्यही कर्जाबाट उनका एक छोरा साउदी अरब र अर्को मलेसिया पुगे । ‘दुवै छोराले महिना मरेपछि पैसा पठाउँथे । म कर्जा चुक्ता गर्न भन्दै साहुलाई लगेर बुझाउँथें,’ चन्डुलले भने, ‘तर पैसा बुझाएको प्रमाण भने दिँदैनथे ।’

निरक्षर चन्डुलले महिनौंसम्म पैसा बुझाएपछि एक दिन साहुले उनलाई अझै ८ लाख रुपैयाँ बाँकी रहेको हिसाब सुनाए । त्यसपछि साढे ६ कट्ठा जग्गा प्रतिकट्ठा १ लाख २० हजार रुपैयाँका दरले बिक्री गरेर तिरेको उनी बताउँछन् । ‘एक लाख २० हजारको सट्टा १४ लाख बुझाउँदा पनि ऋण चुक्ता भएन । अझै पैसा मागिरहेका छन्,’ उनले गुनासो गरे । स्थानीय अगुवा मानबहादुर गुरुङका अनुसार असहज भएका बेला ऋण लिएका निरक्षर गाउँलेलाई तर्साएर साहुकार सुनील र उनका दाइ पर्ने जगदीशले धेरैलाई उठीबास लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै