१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिजुली चम्किएको बेला किन नुहाउनु हुँदैन ? यस्तो छ वैज्ञानिक कारण

६ भाद्र २०७९, सोमबार ०८:३१

एजेन्सी | अहिले  वर्षातको समय हो । यो बेला ठाउँ ठाउँमा मेघ गर्जिने, बिजुली चम्किने र वर्षा हुने भइरहेको हुन्छ । वर्षातसँगै बिजुली चम्किने मेघ गर्जिने तथा चट्याङ पर्ने घटना प्रि-मनसुन तथा मनसुन अवधिको अन्त्यतिर अझै धेरै हुने गर्दछ ।

यस्तोमा चट्याङ्गबाट कसरी बच्‍ने भन्ने कुराको ज्ञान सबैमा हुनु आवश्यक हुन्छ । विश्वमा हरेक वर्ष चट्याङ्ग लागेर करीब २४ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ भने करीब अढाई लाख मानिस चट्याङ्ग लागेर घाइते बनेका हुन्छन् ।


आकास गर्जिएको, चट्याङ्ग परिरहेको तथा हावा हुण्डरी चलिरहेको बेलामा रुखमुनि तथा घरको झ्याल नजिक बस्नुहुँदैन भन्ने त हामीलाई थाहै छ । त्यस्तै यस्तो बेलामा तारवाला टेलिफोनमा पनि कुराकानी गर्नु सुरक्षित हुँदैन (यद्यपि मोबाइल फोनलाई भने सुरक्षित मानिन्छ )।

तर बिजुली चम्किरहेको, आकाश गर्जिरहेको तथा ठाउँठाउँमा चट्याङ्ग परिरहेको बेला नुहाउनु हुँदैन र भाँडाकुँडा समेत धुनुहुँदैन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ ।

गर्जन र चट्याङको सम्बन्ध

दुईवटा प्राकृतिक तत्वका कारण बादल गर्जिन्छ : आद्रता र बढ्दो तातो हावा । गर्मीमा यी दुबै चिज सँगसँगै चल्दछन्। धेरै तापमान तथा आद्रताले ठूलो परिमाणमा ओसिलो हावा बनाउँदछ, जुन वायुमण्डलमा माथितर्फ उड्दछ जहाँ मेघ गर्जन हुन्छ ।

बादलमा धेरै पानी तथा बरफका थोपा हुन्छन् । जब यी आपसमा मिल्दछन् तब त्यसबाट बिजुली पैदा हुन्छ । पानीका थोपाहरु भ्mरिरहेका बरफका थोपासँग ठक्कर खान्छन् र त्यसमा नेगेटिभ चार्ज प्रवाह गर्दछन् र आफैमा पोजिटिभ चार्ज ।

जब मेघ गर्जनसहित वर्षा हुन्छ तब बादलले भान डी ग्राफ जेनेरेटर जस्तै काम गर्दछ । जसले बादलभित्र ठूलो परिमाणमा पोजिटिभ र नेगेटिभ चार्जलाई छुट्टाउँदछ ।

जब गर्जने बादल पृथ्वीको सतह माथिबाट गुज्रिन्छ त्यसले जमिनमा एक विपरित चार्ज उत्पन्न गर्दछ । जसका कारण जमिनतर्फ बिजुली वा तिव्र प्रकाश प्रहार गरिरहेको देखिन्छ । आफ्नो उर्जा सन्तुलित गर्नका लागि यसले पोजिटिभ र नेगेटिभ इलाकाको बीच उर्जा डिस्चार्ज गर्दछ ।

उक्त उत्सर्जनको मार्ग प्रायः कम प्रतिरोध भएको क्षेत्र रहन्छ । त्यसैले धातु जस्तै धेरै सुचालक वस्तुहरुमा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।

त्यसैले आकास गर्जिँदा, बिजुली चम्किँदा तथा चट्याङ्ग परिरहँदा घरभित्रै जानु सुरक्षित हुन्छ । तर यसो भन्नुको अर्थ घरभित्र चट्याङ्गबाट पूर्णरुपमा सुरक्षित भइन्छ भन्ने होइन । घरभित्र पनि यस्ता धेरै चिज हुन्छन् जुन बाहिरी वातावरण जस्तै खतरनाक हुन सक्दछन् ।

किन नुहाउनु हुँदैन ?

यदि वर्षाको बेला तपाइँले घरबाहिर वर्षातको पानीमै नुहाइरहनु भएको छ वा भिज्नुभएको छ भने तपाइँमाथि चट्याङ पर्ने सम्भावना हुँदैन । तर यदि तपाइँ घरभित्र बाथरुममा नुहाइरहनु भएको छ र त्यसबेला घरमा चट्याङ पर्यो भने त्यो घातक हुन्छ ।

माथि नै उल्लेख गरिए अनुसार चट्याङ पर्दा त्यसको बिजुलीले कम प्रतिरोधक मार्ग रोज्दछ । धातुका पाइप, तार तथा पानी जस्ता चिजहरु बिजुलीको प्रवाहका लागि सुचालक हुन् र चट्याङको प्रवाहलाई यसले सुविधाजनक मार्ग प्रदान गर्दछ ।

नुहाउने शावर तथा धारामा पानी र धातु दुबै हुन्छ, जसका कारण यो चट्याङ्गका लागि आदर्श मार्ग बन्दछ । सोही कारण चट्याङ परिरहेको बेला बाथरुमका धारा तथा पानी समेत खतरनाक हुने भएकाले त्यस्तो बेला नुहाउनु जोखिमपूर्ण हुन्छ । त्यसरी पानी तथा धातुका धारामा चट्याङको करेन्ट प्रवाह भैरहेको बेलामा नुहाउँदा करेन्ट लागेर मृत्यु हुने सम्भावना रहन्छ ।

विज्ञहरुका अनुसार आकाश गर्जिरहेको र बिजुली चम्किरहेको बेला घरभित्र पानीका धारा खोलेर पानी चलाउने, भाँडाकुँडा धुने, बिजुलीबाट चल्ने कम्प्युटर, टिभी, वासिङ मेसिन, डिशवासर जस्ता सामानहरु चलाउने काम गर्नु हानिकारक हुनछ ।

त्यस्तै चट्याङका बेला कंक्रिटको पर्खालमा अडेस लागेर बस्नु वा उभिनु हुँदैन । किनकी कंक्रिट आफैमा सुचालक नभएपनि त्यसभित्र फलामे छड राखिएका भएमा त्यसले बिजुली प्रवाह गर्न सक्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण