२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रैथानिक (पूर्खेउली) अन्न-बाली लोप हुँदै

२७ भाद्र २०७३, सोमबार ०३:४९


दान बहादुर बुढा । मुगु लगायत हिमाली जिल्लामा लगाईने पूर्खेउली अन्न-बाली पछिल्लो समयमा कृषकहरुले खेती गर्न छोडो पछि लोप हुँदै गएका छन् ।

मुगु जिल्लाको २४ बटा गाबिस लगाएत कर्णालीको हुम्ला, जुम्ला, डोल्फा, कालीकोट, बाजुरा, बझाङ्क, अछाम जिल्लाहरुमा मूख्य नगदेबालीको रुपमा परापूर्व कालदेखी गरीने खेती गरीने अन्न-बाली कागुनो, चिनो, तितेफापर, मिठे फापर, नाफल, जुनालो, नलसारो, लगाएतका अन्न-बाली दिन प्रतीदिन लोप हुँदै गईरहेको छ ।

यो लोप हुन गईरहेका नगदे बालीको संरक्षणको लागी जिल्ला कृषि बिकास कार्यालय मुगु र जिल्लामा कृषि क्षेत्रमा काम गर्ने २ दर्जन भन्दा बढी गैरसरकारी संघ-सस्थाले जिल्लामा काम गरे पनि लोपमुलक नगदे बालीको संरक्षणमा भने कुनै निकायले पहल नगरेको रोवा गाबिस वडा नम्बर ७ का स्थानिय कृषक बाच बहादुर बुढाले बताएका छन् । बुढाका अनुसार जिल्ला कृषि बिकास कार्यालयमा करोडैको बजेट बार्षिक कार्याक्रममा चलाएपनि रैथानिक नगदे बालीको संरक्षणमा कुनै पनि कार्यक्रम नगरेको बताउँछन् ।

जिल्लामा कृषि कार्यालय मुगुले कृषि क्षेत्रको बिभिन्न निकायमा काम गरे पनि रैथानिक बाली संरक्षणको लागी कुनै कार्यक्रम नभएको जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसारण अधिकृत राम सुरत पालले सहजै स्वीकार गरेका छन् । हाल लेपमुलक रैथानिक पुर्खेउली कागुनो, चिनो, तिते फापर, मिठे फापर, नाफल, जुनालो, नलसारो अन्न-बाली पहाडी तथा हिमाली जिल्लामा रहेका समुदायको परम्परागत कालदेखी खेतीपाति गर्दै आएका हुन्, यस्ता बालिहरुको अनुसन्धान प्रबद्र्धन नगरीनाले लोप हुन थालेको छ भने सेवा सुबिधा भएको ठूला बिकसीत शहरका होटल, पसल, रेष्टुरेन्ट, बिबाह ब्रतबन्धमा परीकार मिठाई र  औषधीको रुपमा प्रयोग हुने हुँदा हिजोआज बहुमूल्यमा माग बढीरहेको स्थानिए ब्यापारी रबि रावतले बताएका छन् ।

पछिल्लो समयमा आफ्नो रैथानिक बालीको संरक्षण गनु भन्दा बजारमा निस्केका सस्तो सुलभ चामल, आटाको पिठो, लगायत बिभिन्न खाद्यान्न बस्तु सस्तो हुने भएकाले पुर्खेउली रैथानिका बालीको लोप हुँद गईरहेको स्थानियबासीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह