भदौ २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहने भएका छन् । स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहने भएका छन् । स"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग भारत जाने ४२ जना को को हुन्?

२८ भाद्र २०७३, मंगलवार ०१:५८

भदौ २८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहने भएका छन् । सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत भ्रमण टोली जम्बो बनाएको छ ।

हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख रहेको खबर छ । प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो ।

प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् । विभिन्न दलका सांसद विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारी, पत्रकार र व्यापारीलगायत रहने छन्।

यद्यपि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोली सानो बनाउन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएका थिए । भ्रमण दलका रहने व्यापारिक समुदाय र सञ्चारमाध्यमका प्रतिनिधि र निजी सञ्चारमाध्यमका प्रतिनिधिको खर्च भने सरकारले वेहोर्ने छैन ।

प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्किनेछन् । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै