2026-06-11

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाह प्रकरणकी नाबालिक पीडित भन्छिन्–क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

September 14, 2022

भदौ २९, काठमाडौँ | अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा  मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफूमाथि भएको घटना नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको समेत उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो  समस्यालाई नियालि दिनुहोला’, उनले भनेकी छन् । 

उनले आफूले पीडकबाट क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् ।  क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागि  आफ्नो ठाउँमा अडिग छु’,उनले भनेकी छन् । नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । तर बाल दुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको थियो । सो मुद्दा तनहुँ अदालतमा भने विचाराधीन नै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य