2026-10-18 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले

2026-06-11

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत उपभोगमा प्रस्ताव गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण उपभोक्तामाथि अतिरिक्त भार पर्न नदिने गरी साउनअघि नै आवश्यक व्यवस्था गरिने बताएका छन्। प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विद्युत क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ठूलो योगदान पुर्‍याए पनि लामो समयदेखि विभिन्न कर छुट सुविधा पाइरहेको बताए।

उनले विद्युत उत्पादन कम्पनीहरूले समेत कर छुटको सुविधा पाएको उल्लेख गर्दै यही कारणले नेपालले विद्युत उत्पादनमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको बताए। तर, भविष्यमा विद्युतको खपत झन् बढ्दै जाने भएकाले अर्थतन्त्रको यति ठूलो क्षेत्रलाई सधैं करको दायराबाहिर राख्न नसकिने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले हाल प्रस्ताव गरिएको व्यवस्था अनुसार कर साउनपछि मात्रै लागु हुने भएकाले त्यसअघि नै उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी समाधान खोजिने बताए। उनका अनुसार ५० युनिटभन्दा माथिको विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने प्रस्ताव भए पनि यसको प्रभावकारी दर करिब ३.५ देखि ४ प्रतिशत मात्रै पर्छ। सरकारले यसलाई १५० युनिटभन्दा माथिको खपतमा मात्र लागु गर्ने वा विद्युत महसुल समायोजन गरेर उपभोक्तामाथिको भार न्यूनीकरण गर्ने विकल्पबारे छलफल गरिरहेको उनले जानकारी दिए।

उनले नेपाल सरकारको लगानी रहेका जलविद्युत आयोजनाहरूबाट प्राप्त हुने लाभसमेत प्रयोग गरेर उपभोक्तालाई राहत दिने उपाय खोजिने बताए। ‘किन यस्तो आलोचना खेप्ने निर्णय गरिरहनुभएको छ भन्ने प्रश्न आउन सक्छ,’ भन्दै उनले भने, ‘मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ। लोकरिझ्याइँको राजनीति गर्ने छुट हामीलाई छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु