१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कपाल काटेको २००, दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

३ आश्विन २०७९, सोमबार ०९:२०

असोज ३, काठमाडौं | नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ । जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।


कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरले बताए । ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ । त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट