२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता दाहालसहित चितवनमा प्रचण्ड, तयार भयो नयाँ घर

२०७९, १० आश्विन सोमबार ०८:५३

असोज १०, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई समेत लिएर चितवन गएका छन् । गत शनिवार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।


प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी  पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने भएका हुन् । 

यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार भरतपुर १४ शिवनगरमा बनाइएको नयाँ सरेका छन् ।  पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् । 

'निर्वाचनको मिति नजिकिन थाल्यो । सिएम त्यसपछि चितवनमै व्यस्त हुनुहुन्छ । त्यसो भएमा सीता म्याडमलाई काठमाडौंमा हेरचाह पाइँदैन भन्ने भयो’ प्रचण्डको  सचिवालयका एक सदस्यले भने,‘त्यसैले केही समय चितवनमै बस्नेगरी सीता म्याडमलाई लिएर जानु भएको हो । अब केही समय सीता म्याडम यतै बस्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट