१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता दाहालसहित चितवनमा प्रचण्ड, तयार भयो नयाँ घर

१० आश्विन २०७९, सोमबार ०८:५३

असोज १०, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहाललाई समेत लिएर चितवन गएका छन् । गत शनिवार काठमाडौंबाट प्रचण्डले आफूसँगै बिरामी रहेकी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् ।


प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् । बिरामी सीतालाई एक जना सहयोगी समेत चाहिन्छ । लामो समयदेखि उनी  पार्किन्सससहित पेट सम्बन्धी रोगबाट समस्याले ग्रस्त छिन् । सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने भएका हुन् । 

यस्तै प्रचण्ड काठमाडौंको कार्यक्रम सकेर चितवनमा केही समय बस्नेगरी जाने सचिवालयले जनाएको छ । प्रचण्ड सोमबार भरतपुर १४ शिवनगरमा बनाइएको नयाँ सरेका छन् ।  पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् । 

'निर्वाचनको मिति नजिकिन थाल्यो । सिएम त्यसपछि चितवनमै व्यस्त हुनुहुन्छ । त्यसो भएमा सीता म्याडमलाई काठमाडौंमा हेरचाह पाइँदैन भन्ने भयो’ प्रचण्डको  सचिवालयका एक सदस्यले भने,‘त्यसैले केही समय चितवनमै बस्नेगरी सीता म्याडमलाई लिएर जानु भएको हो । अब केही समय सीता म्याडम यतै बस्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट