२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

२०७९, १५ आश्विन शनिबार ०९:२६

असोज १५, खोटाङ । मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो । तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोलेर बिश्वका महंगो र पोषिलो फलफुलका बारेमा यूटयुबमा अध्ययन गरे । त्यस्ता फलफुलको सूचीमा उनले किवी भेट्टाए । सेक्यूरिटी गार्डको काम गर्दागर्दै उनले न्यूजील्याण्डबाट किवी खेती विस्तार भएको जानकारी लिए । तर, उनलाई त्यो बेला नेपालमा किवी फल्छ भन्ने जानकारीसम्म थिएन । 

वैदेशिक रोजगारीका सिलसिलामा राजेश सन् २००३ मा मलेसिया पुगेका थिए । मलेसिया बसाईका क्रममा उनले किवी खेतीका बारेमा सैद्धान्तिक अध्ययन गरे । नेपालको सुलुबुङ (इलाम), दोलखा, गोदावरी लगायतका ठाउँमा किवी खेती भइरहेको भिडियोहरु भेट्टाए । आफ्नो गाउँठाउँको हावापानी सुहाउँदो भएकाले घर फर्केर किवी खेती लगाउने सपना बुनेका थिए । साथीभाईलाई किवी खेती लगाउने योजना सुनाउँदै आएका राजेश सन् २०१३ मा घर फर्के । उसो त उनी सन् २००१ मै मलेसियाको स्टिल फर्निचर उद्योगमा पुगेर तीन वर्ष बताइसकेका थिए ।

घर फर्कदा बुबाले तत्कालिन कृषि कार्यालयमार्फत प्राप्त आठ बोट किवी हुर्काइसकेका थिए । केही किवी फल्न पनि थालेको थियो । त्यसले उनको सपनामा उर्जा थप्यो । किवी खेती लगाउने बारेमा थप अध्ययन गर्न गोदावरी पुगे । गोदावरीबाट प्रतिवटा पाँच सयका दरले बोर्न जातको किवीको दुई सय बोट बेर्ना ल्याए । रामेछापबाट आलिसान, हेवार्ड र मन्टी जातको तीन सय बोट बेर्ना ल्याएर बारीमा रोपे । रोपेको दुई वर्षदेखि फाट्टफुट्ट फल दिन थालेको किवीले चार वर्षदेखि प्रशस्त उत्पादन दिन थालेको राजेश बताउँछन् । 


बोलेरोमार्फत काठमाडौं ढुवानी 

बाबुबाजेले कज्याएको करिब ६५ रोपनी जग्गा थियो गोगनेमा । ४२ रोपानी जग्गामा एकैसाथ किवीको पाँच सय बोट बिरुवा लगाउँदा परिवारबाटै स्वीकृति थिएन । क्रमशः किवीले आम्दानी दिन थालेपछि परिवार सहमत भए । छरछिमेकमा किवी खेतीको सिको सुरु भयो । सन् २०१७ देखि उनको बगानबाट किवीको फल काठ्माडौं निर्यात हुन थालेको हो । त्यस वर्ष उनले करिब पाँच सय किलो किवी बोलेरो गाडीमार्फत पहिलोपल्ट काठ्माडौं पुर्‍याएका थिए । गत वर्ष बोलेरोमार्फत तीन टन किवी काठ्माडौं पुर्‍याएका थिए । काठ्माडौं निर्यात गर्दा र स्थानीय बजारमा बिक्री गर्दा गत वर्ष करिब तीन लाखको हाराहारीमा आम्दानी भएको राजेश बताउँछन् । प्रायः मंसिर पहिलो हप्ता किवी काठ्माडौं निर्यात गर्ने गरेका छन् । 

राजेश किवी खेती लगाउने गाउँपालिकाकै पहिलो किसान हुन् । व्यवसायीक रुपमा किवी लगाएका उनले २०७५ सालमा नमूना अर्गानिक किवी फर्म स्थापना गरेका छन् । हाल उनको बगानमा किवीका चार सय बयस्क बोट छन् । उनले गोल्डेन, एलोजोया, रेड किवी र हार्डी प्रजातिका गरी १२० बोट नयाँ बिरुवा थपेका छन् । केही वर्षपछि ट्रकबाट किवी निर्यात गर्ने राजेशको लक्ष्य छ । 'किवी महंगो खेती हो । सानो पुँजी हुनेले यसको खेती गर्न सक्दैन । तर मेहनत खेर जाँदैन । बजारको समस्या हुन्न,' राजेशले भने, 'बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर आम्दानी लिन सकिन्छ । भण्डारण गर्ने व्यवस्था भए धेरै राम्रो हुन्थ्यो ।' 

राजेशले २०७५ सालमा बागवाणी केन्द्र फाप्लु, सोलुखुम्बुबाट किवी खेती सम्वन्धी तालिम लिने अवसर पाए । सोही बागवाणी केन्द्रमार्फत किवीको बोट अड्याउने पिलर र तारका लागि ७ लाख अनुदान पाए । सो अनुदानले कुल लगानीको करिब २५ प्रतिशत सहयोग मिलेको उनी बताउँछन् । उनको मेहनत देखेर गाउँपालिकाले २०७४ सालमा ४० हजार अनुदान उपलव्ध गराएको थियो ।

७ वडा रहेको गाउँपालिकाभरीमा हाल ४० जनाको हाराहारीमा किवी खेती गर्ने किसान छन् । फर्म नै दर्ता गरेर किवी खेती गर्ने किसानको संख्या पनि ६/७ जना पुगिसकेको छ । बिनोद राई, जिवा शेर्पा लगायतका किसानले किवीबाट लोभलाग्दो आम्दानी लिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा