२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव नेतृत्वको नेकपामा ‘सी’ थर निर्माण

६ कार्तिक २०७९, आईतवार ०८:२२

कात्तिक ६, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि  ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए । जातिय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् ।

कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रसय दिएका छन् । विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् ।

पार्टीका नेता कार्यकर्ताले पार्टीको निर्देशन बमोजिम आ–आफ्नो अनुकूलमा सी राख्न थालेका हुन् । ‘पार्टी महाधिवेशनमा महासचिव कमरेडले विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गर्नुभयो । हलबाट डगडगाहट तालिका साथ पारित भयो’ केन्द्रीय सदस्य शेरबहादुर विश्वकर्माले भने, ‘पार्टीको नीति बमोजिम नेता कार्यकर्ताले आफ्नो नामका पछाडि सी लेख्न थालेका हुन् । अब हामी नामका पछाडि कुनै थर राख्दैनौ ।’

नेपाली समाज धेरै वर्षदेखि जातजाति व्यवस्थाको जाँतोमा पिल्सिएकाले नामका पछाडि सी राखेर जात व्यवस्था उन्मुलन गर्न खोजेको विश्वकर्माले जिकिर गरे । ‘हामी कम्युनिस्ट पार्टीमा छौं । हामीले जात, धर्म, धनी, गरिबको विभेदलाई अन्त्य गरेर समतामूलक समाज निर्माण गर्न खोजेका छौ’ उनले भने– ‘पार्टीमा त्यो बाहुन, त्यो क्षेत्री, राई, लिम्बु, मगर तामाङ, दलित भन्ने जस्तो हुनसक्छ । त्यसैले पार्टीका सबै साथीहरुले सी लेख्ने र त्यसपछि पार्टी बाहिर पनि लागू गर्ने भनेका छौ ।’ तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार