२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक भयो कमिलाको भयानक क्लोजअप तस्बिर !

२०७९, १६ कार्तिक बुधबार ०८:४०

कात्तिक १६, काठमाडौँ | कमिला यति धेरै साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । जोसुकैले यसलाई पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ ?

हालै गरिएको विश्वस्तरमा एक फोटोग्राफी प्रतियोगिताको आयोजना गरिएको थियो । स्मल वर्ल्ड फोटोमाइक्रोग्राफी कम्पिटिसन २०२२ जसमा साना जीवका तस्बिर खिचेर पठाउनुपर्दथ्यो । यो प्रतियोगितामा एक व्यक्तिले कमिलाको अचम्मित पारिदिने तस्बिर खिचेका छन् । कमिलाको अनुहारको यो तस्बिरलाई भयानक भन्न सकिन्छ ।


लिथुआनियाका एक फोटोग्राफर, युजिनियस कपलियाउस्कसले यो तस्बिरलाई कैद गरेर निर्णायकको ध्यान आफूतर्फ आकर्षित गरे । यो तस्बिरको शीर्षक थियो – एन्ट (कम्पोनोटस) । कमिलाको एलियनजस्तो अनुहारलाई एक स्टिरियो 10X माइक्रोस्कोपले पाँच गुणा ठूलो पारेर खिचिएको थियो । निर्णायकले यो शानदार तस्बिरलाई ‘इमेजेज अफ डिस्टिङ्सन’ वर्गमा राखेर पुरस्कृत गरे ।

जुम गरिएको यो तस्बिर किन यति डरलाग्दो भयो त ? सायद कमिलाको एन्टिनाले गर्दा यो भयानक देखिएको हुनसक्छ किनभने यी एन्टिना ‘भूत’ को रातो आँखाजस्तै देखिन्छन् । अथवा कमिलाको ब्लेडको धारजस्तो दाँतका कारण पनि यो भयानक देखिएको हुनसक्छ । यी दाँतमार्फत् नै कमिलाले एकैपटकमा निकै गहिरोसँग टोक्न सक्छ ।

Photographer who shocked people with ant face pic shares more photos that  stun: 'Looking for unseen angle' | Fox News

कमिला बन्छन् जम्बी

यी तस्बिरले मात्रै कमिलालाई डरलाग्दो देखाएको होइन । हामी तपाईंलाई कमिलाबारे अर्को एउटा चकित पार्ने जानकारी दिदैछौँ । एन्टोमोलजिस्टका अनुसार केही परजीवीले कमिलाको दिमागलाई नियन्त्रण गर्ने गर्छ र यिनीहरुलाई जम्बीमा परिणत गर्ने गर्छ । दिमाग नियन्त्रण गर्ने परजीवीको प्रवेशपछि कमिला कठपुतली झैँ हुन्छ । त्यसपछि यी परजीवी कमिलाको शरीरभित्र फैलिने गर्छ ।

सुरुको एक हप्तासम्म त सब ठिक हुन्छ तर त्यसपछि कमिलाको चालमा परिवतर्न देखिन थाल्छ । सधैँ एउटा लाइनमा हिँड्ने कमिला त्यसपछि कुनै लक्ष्य बिना यताउती हिँड्न थाल्छ, कहिलेकाँही गोलो भएर हिँड्न थाल्छ । यो रोगको अन्तिम चरणमा तिनीहरुले कुनै झाडीको माथिल्लो सतह भेट्टाउँछन्, जसमा तिनीहरुले टोक्छन् र त्यहाँ नै मर्छन् । त्यसपछि यी परजीवी अब तिनीहरुको शरीरबाट निस्किएर कुनै अन्य शिकार खोज्न थाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै