कात्तिक १९, काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
मंसिर ४ को चुनाव आउन १५ दिन बाँकी छँदा जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो।
जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने प्रस्ताव घोषणापत्रमा गरेको छ। संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपाति निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था हुनुपर्ने घोषणापत्रमा उल्लेख छ।
प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’
जसपाले देशमा समाजवाद उन्मुख सामाजिक, शैक्षिक, आर्थिक राजनीतिक, सांस्कृतिक कार्यक्रमहरू कार्यान्वयन गरी विद्यमान आर्थिक असमानता जात, जातीय र वर्गीय विभेद समाप्त गर्न आफ्नो पार्टीलाई मत दिन आह्वान गरेको छ ।