२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ–३ ‘क’ का उम्मेदवार थापाको निधन पछि के हुन्छ अबको निर्वाचन प्रक्रिया ?

२०७९, २३ कार्तिक बुधबार ०६:३८

कात्तिक २३, मोरङ | मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा निर्वाचन आयोगले नयाँ निर्वाचनको कार्यक्रम तय गर्ने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने जानकारी दिए । 

‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दावीविरोध गर्ने लगायतका प्रक्रियाहरू हुन्छन्’, आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचन सोही मितिमा हुन्छ ।’

एक महिनादेखि अस्वस्थ थापा गठबन्धनका तर्फबाट कांग्रेसका साझा उम्मेदवार बनेका थिए । गठबन्धनको सहमतिअनुसार सो स्थानमा कांग्रेसले अव अर्को उम्मेदवार तय गर्ने बताइएको छ । 

निमोनियाबाट ग्रसित भएर विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक