१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङ–३ ‘क’ का उम्मेदवार थापाको निधन पछि के हुन्छ अबको निर्वाचन प्रक्रिया ?

२३ कार्तिक २०७९, बुधबार ०६:३८

कात्तिक २३, मोरङ | मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा निर्वाचन आयोगले नयाँ निर्वाचनको कार्यक्रम तय गर्ने भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने जानकारी दिए । 

‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दावीविरोध गर्ने लगायतका प्रक्रियाहरू हुन्छन्’, आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचन सोही मितिमा हुन्छ ।’

एक महिनादेखि अस्वस्थ थापा गठबन्धनका तर्फबाट कांग्रेसका साझा उम्मेदवार बनेका थिए । गठबन्धनको सहमतिअनुसार सो स्थानमा कांग्रेसले अव अर्को उम्मेदवार तय गर्ने बताइएको छ । 

निमोनियाबाट ग्रसित भएर विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत थापाको बुधबार बिहान निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता