१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो, अस्पताल बनाउँछु भन्नु चाहिँ के हाे ? – अध्यक

२९ कार्तिक २०७९, मंगलवार १०:५६

कात्तिक २९, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताउनुभएको छ ।

अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताउनुभएको हो । 


‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उहाँले भन्नुभयो ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ भने बाटो बनाइदिन्छु, अस्पताल बनाउँछु, खानेपानी ल्याउँछु भन्नुचाहिँ प्रलोभन हुँदैन, मैले कुरै बुझिनँ ।’

रौतहटमा भएको एक चुनावी कार्यक्रममा उहाँले स्थानीय भाषामा नै फ्री भिसा फ्री टिकटको कुरा गर्नुभएको थियो । अध्यक्ष नेपालले ‘फ्री का मतलब बिना ढेउवा के, बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाण्डौमे तालिम मिल्ते हे’ भनेर भाषण गर्नुभएको थियो । उहाँको यही अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालमा विभिन्न गन्तव्य देशमा रोजगारीका लागि जाने नेपाली श्रमिकले भिसा तथा टिकटको रकम तिर्न नपर्ने र त्यो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार म्यानपावर कम्पनीले बढीमा १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको थियो ।

तर सरकारको यही नियमकै कारण श्रमिक पठाउँदा लाखौँ रुपैयाँ लिने र प्रमाण चाहिँ १० हजार रुपैयाँको मात्रै दिँदा समस्यामा पर्दा श्रमिकलाई न्याय पाउनसमेत कठिनाइ भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन