२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आमा सुरक्षा कार्यक्रममा ब्रम्हलुट, मिलेमतोमा वर्षेनी नोबेल अस्पताललाई दुई करोड पुरस्कार

३० भाद्र २०७३, बिहीबार ०७:०५

भदौ ३०, विराटनगर । विराटनगरमा विगत १५ वर्षदेखि सञ्चालित नोबेल अस्पताल प्रा.लि.ले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट आमा सुरक्षा कार्यक्रम २०६९ सालमा सम्झौता गरेकै भरमा चारवर्षमा आठ करोड भन्दा बढी रकम खाएको खुलेको छ ।

नोवेल अस्पताल निजी अस्पताल भए पनि अस्पतालले सरकारसँग आमा सुरक्षा कार्यक्रम सम्झौता गरेपछि नोवेल अस्पतालमा प्रसुती गराउन आउने विमारीहरुलाई निःशुल्क रुपमा उपचार हुँदै आएको थियो । अस्पतालले महिनाको एक सय जना प्रसुती गराए पनि सरकारसँग रकम लिँदा दुई सय जनाको फायल बुझाएर रकम लिँदा पनि कसैले अनुगमन र छानविन गर्ने हिम्मत गरेको छैन । मिलेमतोमा रकम पचाउने काम भएपछि तैँ चुप, मै चुपको अवस्थामा सरोकार पक्ष रहेको बुझिएको छ ।

अस्पतालमा प्रसुती गराउन गएदेखि डिस्चार्ज नहुँदासम्मको सबै खर्च राज्यले ब्यहोर्ने हो । निजी अस्पतालले सरकारसँग आमा सुरक्षा कार्यक्रम सम्झौता गरेपछि स्वास्थ्य विभागबाट हरेक वर्ष सो सम्झौतालाई नविकरण गराउनु पर्ने नियम छ । नविकरण नगरेमा सरकारले सो रकम रोक्का गर्ने छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गतको सम्झौता गर्दा जुन सुविधा प्रसुती गराउने महिलालाई दिनुपर्ने हो सोको पालना नोबेलले एक रति पनि गरेको पाइँदैन । उल्टै विमारीबाट रकम असुल गर्न अस्पताल उद्यत रहेको छ ।

नोबेल अस्पतालले २०६९ सालमा आमा सुरक्षा कार्यक्रम सम्झौता गरेको पहिलो वर्षमा गरेपछि तीन वर्षसम्म सम्झौता नवीकरण गरेको थिएन । तीन वर्षदेखि नियम विपरीत सम्झौता नविकरण नगरी जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले वर्षेनी नोवेल अस्पताललाई वर्षेनी दुई करोड रुपैयाँ निकासा गर्दै आएको छ । यस वर्ष पनि २०७३ साल अषाढ मसान्तसम्म सम्झौता नविकरण गरी सक्नुपर्नेमा अस्पतालले हालसम्म विभागबाट नविकरण नगरेकोले आर्थिक वर्ष २०७२÷०७३ सालको रकम जिल्ला जनस्वास्थ्य कार्यालयले रोक्का गरेको बुझिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा २०७२ साल पुष महिनामा मलेप अडिट आउँदा नोवेल अस्पताललाई नियमविपरीत तीन वर्षदेखि वर्षेनी दुई करोड रुपैयाँको दरले वितरण गरेको र सम्झौता प्रत्येक वर्ष नविकरण गर्ने प्रावधान रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, परिवार नियोजन शाखाका अधिकृत तोया घिमिरेका अनुसार मलेपले विगतमा नियम विपरीत रकम नोवेल अस्पतालले लिए पनि आर्थिक वर्ष २०७२/०७३ को रकम नदिन जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई जानकारी गराएको थियो । यदि नियम विपरीत नोवेल अस्पताललाई आमा सुरक्षा कार्यक्रमको रकम कार्यालयले दिएमा कार्यालय प्रमुखको तलबबाट कट्टा गरिने छ । विराटनगरको निजी अस्पताल नोवेल अस्पताल र विराटनर्सिङ अस्पतालमा मात्र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सम्झौता गरेको छ । आमा सुरक्षा कार्यक्रम सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा लागू गरिएको छ । आमा सुरक्षा अन्तरगत प्रसुती गराउन आउने विमारीका आफन्तले औषधि किन्नु नपर्ने, कुनै शुल्क तिर्नु नपर्ने नियम रहेको छ । प्रसुती डिस्चार्ज हुने दिन तराईको अस्पतालले पाँच सय र पहाडको अस्पतालमा एक हजार रुपैयाँ बाटो खर्च दिनुपर्ने नियम रहेको अधिकृत तोया घिमिरेले बताउनुभयो ।

नोबेल अस्पतालका प्रशासन अधिकृत नारायण दाहालसँग यस विषयमा जिज्ञासा राख्दा उहाँले आमा सुरक्षा कार्यक्रमको सम्झौता स्वास्थ्य विभागमा लगभग नविकरण भइसकेको बताउनुभयो । नविकरण गर्दा नियमानुसार अषाढ मसान्तभित्रमा गर्नुपर्नेमा दुई महिना बितेर नविकरण गरेको नियम विपरीत हो कि होइन रु प्रश्न चिन्ह खडा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ