२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा सिटौला, शर्मा र लिङ्देनद्वारा मतदान

२०७९, ४ मंसिर आईतवार ०६:५२

मङ्सिर ४, काठमाडौं | आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।


नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गर्नुभयो । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले झापा क्षेत्र नं १ मा मतदान गर्नुभएको हो ।

त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार उहाँले बिहान ९ः०७ बजे मतदान गर्नुभएको हो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नं ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गर्नुभएको हो ।

झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् । जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट