कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी

2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीमै पहिलो पटक कपास तथा सिरक डसना उद्योग सञ्चालनमा

कट्पिस तथा पुराना कपडाबाटै कपास बनाईने, तयारी सिरक डसन बजारमा ल्याउने तयारी


सन्तोषकुमार गुप्ता । भदौ, ३० देउखुरी । जाँडो मौसमको शुरुवात संगै स्थानिय उपभोक्ताहरुको समस्या र मागलाई मध्यनजर गरी देउखुरीमै पहिलो पटक कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा आएको छ । देउखुरीको लालमटिया—८ मसुरियाका हनुमान चौधरीले करिब २५ लाखको लागतमा मसुरियामै चौधरी कपास तथा सिरक, डसना उद्योग सञ्चालनमा ल्याउनु भएको हो । सिरक, डसना र टकिया बनाउनै कै लागि बजारमा महंगो मुल्यमा गुणस्तरहिन कपास किन्दा ठगिनु पर्ने बाध्यतालाई मध्यनजर गरी उद्योग सञ्चालनमा ल्याईएको उद्योग सञ्चालक हनुमान चौधरीले जानकारी दिए । बिशेष गरी टेलर्स व्यवसायहरु संग थुप्रिने कट्पिस तथा घरमा रहेका पुराना कपडाहरु खेरा जाने भएकोले त्यसलाई सदुपयोग गरी पुर्न प्रयोगमा ल्याउन समेत उद्योग सञ्चालन गरेको चौधरीले बताए ।

 

कट्पिस तथा पुराना कपडाहरुलाई मेसिनबाट कालो कपासको रुपमा तयार गर्न सकिने भएको हुँदा उक्त कपासबाट आवश्यकता अनुसारको साईज तथा तौलको सिरक, डसना र टकिया समेत तयारी अवस्थामा बिक्री गरिने सञ्चालक चौधरीले बताए । उनले तयारी सिरक, डसना र टकिया तथा अडर अनुसार समेत उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा आएको बताए । उत्पादित कपास, सिरक, डसना र टकिया बजारको तुलनामा सहुलियत मुल्य उपलब्ध गराईने चौधरीले बताउनु भयो । पुराना कपडालाई कपास बनाउन प्रति केजी २५ रुपैयाँका दरले तयार गर्न सकिने र उद्योगमा तयारी अवस्थामा रहेको कपास हाल प्रति केजी ४० रुपैयाँमा बिक्री गर्ने चौधरीले भने । साथै टेलर्सबाट नयाँ कट्पिस कपडा प्रति केजी १० रुपैयाँका दर समेत खरिद गरिदै आएको उद्योगले जनाएको छ । उद्योगमा हाल ४ जना कर्मचारी कार्यरत छन् । उद्योगले बार्षिक १० लाख बढीको कारोबार गर्ने र २ लाख बढी मुनाफा गर्ने बताईएको छ । 

यसैबीच उद्योगको एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरिएको छ । उद्योगका सञ्चालक हनुमान चौधरीको अध्यक्षता प्रमुख आतिथ्य स्थानिय समाजसेवी तथा बुद्धिजिवी केशवराज खनालले रिबन काटेर उद्योगको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ—घर तथा टेलर्स व्यवसायहरुमा खेर जाने कपडालाई कपास बनाएर पुन प्रयोगमा ल्याउन सकिने गरी कपास उद्योग सञ्चालन हुनु गौरबको बिषय भएको बताएका थिए । साथै उनीहरुले गाउँघरमा फालिने कपडाहरु कपास बनाएर सस्तो मुल्यमा सिरक, डसना र टकिया बनाउन सकिने भएको हुँदा स्थानियबासी प्रत्यक्ष लाभन्दित हुने विश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रममा स्थानियबासी माधव बेल्बासे, चम्फा भुसाल, अग्नु चौधरी, रामप्रसाद चौधरी र राजेन्द्रप्रसाद चौधरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी दलबहादुर घर्तीमगरले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा