२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८ करोडमा बनेको ‘कान्तारा’ ले कमायो ४०० करोड

२०७९, ८ मंसिर बिहीबार ०६:२४

मंसिर ८, काठमाडौं । कन्नड भाषाको फिल्म ‘कान्तारा’ ले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यस्तैमा फिल्मले अर्काे नयाँ उपलब्धि थपेको छ । फिल्मले ४०० करोड कमाएर नयाँ कीर्तिमान कायम गरेको हो । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको पछिल्लो कलेक्शन शेयर गर्दै यो जानकारी दिएका हुन् ।


कर्नाटकमा मात्रै फिल्मले १६८ करोड कमाएर केजिएफ २ लाई पछाडि पारेको छ । कम बजेट (१८ करोड) मा बनेको यो फिल्मको आम्दानी देखेर सबै छक्क छन् । फिल्मले चाडै रणवीर कपूरको ‘ब्रह्मास्त्र’ र कमल हासनको विक्रमको ब्यवसाय पार गर्ने अनुमान गरिएको छ । 

कान्तारा रिलिज भएको ५० दिन भन्दा बढी भइसक्यो । तर फिल्मको कमाइको रफ्तार एकनास छ । हिन्दी संस्करणमा मात्र फिल्मले ८२ करोड कलेक्सन गरेको छ, जुन हालै रिलिज भएका कैयौं फिल्म भन्दा माथि छ । तेलुगु संस्करणमा पनि फिल्मले ४२ करोडको व्यापार गरेको छ । ओभरसीजबाट मात्रै फिल्मको कलेक्सन ४४ करोडको हाराहारीमा छ ।

ऋषभ शेट्टी स्टारर फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज भएको थियो । रिलिजको सुरुवाती दिनमा फिल्मको कमाई निकै सुस्त भए पनि बिस्तारै गति लिएको थियो ।

दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट