१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ एमालेको मत १० लाख बढी, स्वतन्त्र पार्टीको पाँच लाख नजिक

९ मंसिर २०७९, शुक्रबार ०५:५८

मंसिर ९, काठमाडौं | प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार नेकपा (एमाले) १० लाख ३३ हजार २९९ मतसहित अग्रस्थानमा छ । नेपाली कांग्रेस नौ लाख नौ हजार एक मतसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीचको मतान्तर ४४ हजार २२ छ ।


निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मत पाँच लाखनजिक पुगेको छ । स्वतन्त्र पार्टीले चार लाख ८८ हजार ६९७ मत ल्याइसकेको छ ।

समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)ले चौथो स्थानमा छ । माओवादी केन्द्रले चार लाख ५२ हजार ६४८ मत पाएको आयोगले जनाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६२ हजार ९२४ मत ल्याएको छ । जनता समाजवादी पार्टी (जसपा)ले एक लाख २९ हजार ६३३ मत पाएको छ । जनतमत पार्टीले ७७ हजार ३१६, नेकपा (एकीकृत समाजवादी)ले ७३ हजार २३४ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले ७० हजार ६२०, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३४० मत पाएको आयोगले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५४ हजार ३२५ मत प्राप्त गरेको छ ।

अरू दलहरूले ५० हजारभन्दा कम मत पाएका छन् । हालसम्म चार पार्टीले मात्र तीन लाख मत कटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा