१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

१० मंसिर २०७९, शनिबार ११:५६

मङ्सिर १०, काठमाडौँ | प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । 

हालसम्म नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ । एमाले ३२, माओवादी केन्द्र १३, एकीकृत समाजवादी सात, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच÷पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

आयोगका अनुसार जारी मतगणनामा कांग्रेस १५, एमाले ११, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी तीन÷तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनता समाजवादी पार्टी एक स्थानमा अगाडि छन् । दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन । 

प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक प्रदेशमा अगाडि छन् । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस अगाडि छ । प्रदेश नं १ र मधेसमा एमाले तथा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र अगाडि छ । 

प्रदेश नं १ मा एमाले १८, कांग्रेस ११, माओवादी केन्द्र छ, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा विजयी भएका छन् । मधेसमा एमाले १२, कांग्रेस १२, जसपा आठ, लोसपा सात, जनमत पार्टी छ, माओवादी चार र स्वतन्त्र छ स्थानमा विजयी भएका छन् । 

बागमतीमा कांग्रेस १८, एमाले नौ, माओवादी सात, राप्रपा पाँच, एकीकृत समाजवादी चार, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । गण्डकीमा कांग्रेस १४, एमाले १२, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक, लुम्बिनीमा कांग्रेस १४, एमाले १२, माओवादी चार, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई÷दुई, राप्रपा र जनमत पार्टी एक÷एक तथा स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् । 

कर्णाली प्रदेशमा कांग्रेस र माओवादी छ÷छ, एमाले दुई र स्वतन्त्र उम्मेवार एक तथा सुदूरपश्चिम प्रदेशमा माओवादी सात, कांग्रेस छ, नागरिक उन्मुक्ति पार्टी र एमाले दुई÷दुई तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा