२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

२०७९, १० मंसिर शनिबार ११:५६

मङ्सिर १०, काठमाडौँ | प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म एक सय १८ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । 

हालसम्म नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ । एमाले ३२, माओवादी केन्द्र १३, एकीकृत समाजवादी सात, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच÷पाँच, लोकतान्त्रिक समाजवादी पार्टी चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक÷एक तथा पाँच स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

आयोगका अनुसार जारी मतगणनामा कांग्रेस १५, एमाले ११, माओवादी केन्द्र पाँच, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी तीन÷तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी दुई÷दुई, जनता समाजवादी पार्टी एक स्थानमा अगाडि छन् । दोलखा, स्याङ्जा र बाजुराका तीन क्षेत्रमा मतगणना हुन सकेको छैन । 

प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेस चार, एमाले दुई र माओवादी केन्द्र एक प्रदेशमा अगाडि छन् । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस अगाडि छ । प्रदेश नं १ र मधेसमा एमाले तथा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र अगाडि छ । 

प्रदेश नं १ मा एमाले १८, कांग्रेस ११, माओवादी केन्द्र छ, राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा विजयी भएका छन् । मधेसमा एमाले १२, कांग्रेस १२, जसपा आठ, लोसपा सात, जनमत पार्टी छ, माओवादी चार र स्वतन्त्र छ स्थानमा विजयी भएका छन् । 

बागमतीमा कांग्रेस १८, एमाले नौ, माओवादी सात, राप्रपा पाँच, एकीकृत समाजवादी चार, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी एक÷एक स्थानमा विजयी भएका छन् । गण्डकीमा कांग्रेस १४, एमाले १२, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी एक, लुम्बिनीमा कांग्रेस १४, एमाले १२, माओवादी चार, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोसपा दुई÷दुई, राप्रपा र जनमत पार्टी एक÷एक तथा स्वतन्त्र तीन स्थानमा विजयी भएका छन् । 

कर्णाली प्रदेशमा कांग्रेस र माओवादी छ÷छ, एमाले दुई र स्वतन्त्र उम्मेवार एक तथा सुदूरपश्चिम प्रदेशमा माओवादी सात, कांग्रेस छ, नागरिक उन्मुक्ति पार्टी र एमाले दुई÷दुई तथा स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल