२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनसरी- ४: हार निश्चित भएपछि सञ्चारमन्त्री कार्कीले मतगणना कार्य अवरुद्ध पारेको आरोप

२०७९, ११ मंसिर आईतवार ०८:५७

मङ्सिर ११, सुनसरी। सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित् भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन् । 

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित् भएपछि अन्तिम समयमा आएर मतगणनानै हुन नदिएको उनको जिकीर थियो । 


सञ्चारमन्त्री कार्कीले शनिबार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमती जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आईतबार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । 

एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए । आफूहरुको सो अडान कानुनसम्मत भएको दावी गर्दै उनले त्यसबाट पछि हटन नसकिने पनि स्पष्ट पारे । 

उनले भने- ‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्ब सुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरांै भनेर उहाँको जिकीर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानुनसम्मत अडान हो । हामीले कानुनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानुनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना सुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्विकार गरिसक्नु भएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नु भएको मात्रै हो ।’

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमती जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल