२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा एक भारतीयद्वारा आत्मदाह

२०७९, ११ मंसिर आईतवार ०९:१८

मङ्सिर ११, काठमाडौँ । हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने नयाँ दिल्लीको प्रयासको विरोधमा दक्षिण भारतमा एक ८५ वर्षीय व्यक्तिले आत्मदाह गरेको प्रहरीले आइतबार जनाएको छ । 

दक्षिणी राज्य तमिलनाडुका कृषक एमभी थंगावेलले पेट्रोल र मट्टितेलमा डुबाएर आत्मदाह गरेका हुन् । उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, “मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर । हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु प¥यो? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ ।”


सयौं भाषा र बोलीहरू बोलिने भारतमा भाषा एक भावनात्मक मुद्दा हो, तर अङ्ग्रेजी मुख्य आधिकारिक माध्यमको रूपमा काम गर्दछ जबकि राज्य सरकारहरूले क्षेत्रीय भाषाहरू प्रयोग गर्छन् ।

सन् २०११ को पछिल्लो जनगणनाअनुसार आधाभन्दा कम भारतीय नागरिकले हिन्दी बोल्छन् ।

तर गत महिना भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमित शाहको नेतृत्वमा सांसदहरूको एक समूहले चिकित्सा र इन्जिनियरिङजस्ता प्राविधिक शिक्षासहित हिन्दीलाई राष्ट्रिय आधिकारिक भाषा बनाउन सुझाव दिएको थियो ।

हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्ग्रेजी भाषाको प्रयोगको सट्टा भारतीय भाषाको प्रयोगमा जोड दिँदैआउनुभएको छ । 

तर विपक्षीहरूले उहाँको सरकारले हिन्दी थोपर्न खोजेको आरोप लगाएको छ । यसै कारण दक्षिण भारतमा विशेष आक्रोश उत्पन्न भएको छ ।

थांगावेलले शनिबार तमिलनाडुको सत्तारुढ डीएमके पार्टीको सलेमस्थित एक कार्यालयबाहिर केन्द्र सरकारको प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए ।

मोदी सरकारको भाषा नीतिको आलोचना गर्ने पार्टीका नेता एमके स्टालिनले थंगावेलको परिवारप्रति समवेदना प्रकट गर्दै यस बिषयले अन्यलाई यस्ता चरम विरोध प्रदर्शनबाट जोगिन आग्रह गर्नुभएको छ । 

उहाँले केन्द्र सरकारले भाषा विभेदी नीति ल्याएको विरोध गर्दै भन्नुभयो, “यसका लागि हामीले अर्को जीवन गुमाउनु हुँदैन ।”

यसअघि सन् १९६० को दशकमा तत्कालीन सत्तारुढ काङ्ग्रेस पार्टीले हिन्दीभाषालाई आधिकारिक राष्ट्रिय भाषा बनाउन खोजेपछि दक्षिण भारतमा आक्रोश उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट