१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक मतगणना अपडेट : अहिलेसम्मको मतपरिणाम अनुसार एमालेलाई ३५ सिट, अरुले कति सिट पाउने ?

१२ मंसिर २०७९, सोमबार ०६:१४

मङ्सिर १२, काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्मको मतपरिणाम अनुसार, नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गन्दा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिकततर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।

समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५/१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी -जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

हेर्नुहोस् समानुपातिक मतको विवरण

 दलको नाम  

कुल मत
पाउने सिट  
नेकपा एमाले
२५३०२१४
३५
नेपाली कांग्रेस
२३९६०९३
३३
रास्वपा
१०६२९८०
१५
माओवादी केन्द्र
१०६१२००
१५
राप्रपा
५४५१८८

जसपा
३२४३१०

जनमत
२६१२१५

एकीकृत समाजवादी
२५१४७६

कुल सदर मत
९८८९७१६

जनमत पार्टी र एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

आज बिहान १० बजेसम्मको मतगणना अनुसार जनमत पार्टीले २ लाख ६१ हजार २१५ र एकीकृत समाजवादीले २ लाख ५१ हजार ४७६ मत पाएको छ । ३ प्रतिशतको थ्रेसहोल्ड कटाउनासाथ भने ३ देखि ४ सिट पाउने देखिन्छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार समानुपातिकमा तीन प्रतिशत कटाएका दलहरुको मतलाई सेन्ट लग विधिबाट हिसाब गरेर सिट निकालिन्छ । यो विधिमा हिसाब गर्दा १, ३, ५, ७, ९ अंकले भाग गरेर विभाजन गरी भागफल (क्यास्केट) निकाली सिटको बाँडफाँट गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह