२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारकै महंगो औषधि, जसको एक डोजको मूल्य नै ५० करोड रुपैयाँ

२०७९, १४ मंसिर बुधबार १०:३६

मङ्सिर १४, काठमाडौँ | एजेन्सी | अमेरिकाको संघीय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृति दिएको छ ।

यो औषधि यतिधेरै महंगो छ कि यसको एक खुराक मात्रलाई ३५ लाख अमेरिकी डलर वा झण्डै ५० करोड रुपैयाँ पर्छ । यो औषधि एउटा निकै दुर्लभ जेनेटिक रोग हेमोफिलिया बीको उपचारमा प्रयोग गरिन्छ । हेमोफिलिया यस्तो वंशाणुगत रोग हो जसका कारण मानिसको शरीरमा चोटपटक लाग्दा घाउबाट रगत बग्न रोकिंदैन ।वैज्ञानिकहरुका अनुसार यो औषधिले जुन प्रकारबाट उपचार गरिन्छ, त्यसको आधारमा यसको मूल्य उपयुक्त छ । यो औषधिको विकासमा धेरै मेहेनत र खर्च भएको बताइन्छ । संसारकै सबैभन्दा महंगो यो औषधिको नाम हेमजेनिक्स हो ।


तथ्यांक अनुसार विश्वमा महिलाको तुलनामा पुरुषहरु हेमोफिलिया बीबाट पीडित छन् । अमेरिकामा पनि करिब आठ हजार पुरुष यो रोगसँग संघर्ष गरिरहेका छन् । यो रोगको उपचारमा युरोप र अमेरिकामा सरकारले प्रतिव्यक्ति करोडौं खर्च गर्नु परिरहेको छ ।  हेमजेनिक्स औषधिको एक डोज दिएपछि यो रोग निको हुन्छ । त्यसैले एक खुराक मात्रैको झण्डै आधा अर्ब पर्ने भए पनि हेमोफिलिया बीको उपचारमा विद्यमान पद्धतिभन्दा यो औषधिमा लाग्ने खर्च सस्तो पर्ने बताइन्छ ।

हेमजेनिक्स औषधि बिरामीमा सुइबाट दिनुपर्छ । यो एक भाइरसमा आधारित भेक्टर हो । यसले कलेजोका टार्गेट कोषिकामा विशेष रुपमा संरक्षित डीएनए पठाउँछ । त्यसपछि औषधिको माध्यमबाट पठाइएको जेनेटिक सूचनालाई कोषिकाहरुले प्रसार गर्दै त्यसलाई रगत जमाउने प्रोटिनसम्म पुर्‍याउँछन् । जसका कारण क्लटिङ प्रोटिनले राम्रोसँग काम गर्छ र काटेको ठाउँबाट समयमै रगत बग्नबाट रोकिन्छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै