२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

५० वर्षमै वृद्धभत्ता दिने अवस्था पुग्न बेर छैन- गगन थापा

२०७९, १५ मंसिर बिहीबार ११:३१

मङ्सिर १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताको लागि नेतृत्वबीच वृद्धभत्ता छिटोछिटो दिने प्रतिस्पर्धा हुने गरेको भन्दै आलोचना गरे‍का छन्। 

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्धभत्ता पाउने व्‍यवस्था गर्नसक्ने भन्दै आलोचना गरेका हुन्। 
उनले नयाँ प्रधानमन्त्रीले आगामी एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्ने बारेमा सोचेर मात्रै निर्णय लिनुपर्ने बताए।
‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ। प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौं भनेको छ। म जस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा एक वर्ष भित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु? कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो,’ उनले भने।
उनले पछिल्लो समय स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको बताए।
‘हामीले भाष्य नै गलत बनाएका छौं। माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ,’ उनले भने, ‘स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ। कसले कति बाँड्ने भन्ने प्रतिष्पर्धा छ। हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट