२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब कसको सरकार ? को बन्ला प्रधानमन्त्री ?

१७ मंसिर २०७९, शनिबार ०४:०५

मङ्सिर १७, काठमाडौँ | प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्ने’दयगत छलफल भइरहे पनि ‘प्रधानमन्त्री को’ हुने भन्ने विषयमा सहमति जुट्न सकिरहेको छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता ‘संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढे’पछि देउवा अप्ठयारोमा परेका हुन् । यद्यपि, देउवा पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुनेमा निधि ढुक्क रहेको दाबी गरिएको छ ।

कांग्रेसभित्र रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले ‘प्रधानमन्त्री आफू हुने र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने’ भन्दै दबाब दिएका छन् । उनको सचिवालयका अनुसार ‘देउवालाई प्रचण्डले गठबन्धनका तर्फबाट प्रधानमन्त्री आफू हुने’ दाबीसमेत पेस गरिसकेका छन् ।

एमालेसमेत प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटेको छ । एमाले नेतृत्वमा रहेको जसपा, राप्रपासहित माओवादी, जनमत तथा स्वतन्त्र सांसद सरकार बनाउने विषयमा आन्तरिक जोडघटाउमा लागेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माणका लागि गठबन्धन अगाडि कठिन भए पनि सत्तारूढ गठबन्धन विभाजन गरेर सरकार निर्माण गर्ने रणनीतिमा एमाले छ । सोही बमोजिम एमाले अध्यक्ष ओलीसहित शीर्षनेताले माओवादी अध्यक्ष प्रचण्डसँग फोनमार्फत् छलफलसमेत गरेका थिए । यो समाचार राजधानीदैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता