२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डो साउदी अरेबियाको क्लबमा आबद्ध हुने हल्ला कति सत्य?

२०७९, २० मंसिर मंगलवार ०६:५६

मङ्सिर २०, काठमाडौँ | गत नोभेम्बर १४ मा आफू आबद्ध क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध तितो पोखेपछि पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विवादमा आए। पेरेस मोर्गनसँगको एक अन्तर्वार्तामा उनले आफ्नो करिअर इंग्लिस क्लब युनाइटेडले सिध्याउन खोजेको बताएका थिए।

त्यसपछि रोनाल्डो आफ्नो टोली पोर्चुगलको कप्तानी गर्दै यतिबेला विश्वकप दौरान कतारमा छन्। उनको टोली क्वार्टरफाइनल प्रवेशका लागि मंगलबार राति स्विट्जरल्याण्डसँग खेल्दैछ ।


रोनाल्डोको अभिव्यक्तिले युनाइटेडमा भुइँचालो आएको छ। अब रोनाल्डोलाई फेरि म्यानचेस्टर फर्काउने सोचमा क्लब छैन। यस्तोमा उनी अहिले क्लबविहीन जस्तै छन्।   

रोनाल्डोलाई लिनलाई युरोपकै ठूला क्लबले खासै चासो दिएका छैनन्। यस्तोमा उनीबारे विभिन्न हल्ला आइरहेका छन्। यसैबीच, स्पेनिस पत्रिका मार्काले आगामी जनवरी १ देखि रोनाल्डो साउदी अरेबियाको क्लब अल नास्सरमा आबद्ध हुने दाबी गरेको छ। विश्वकपमा व्यस्त रहका रोनाल्डोले यसबारे केही बताएका छैनन्। साथै, अल नास्सर क्लब पनि मौन छ। 

यसर्थ, रोनाल्डोको स्थानान्तर बारेका हल्ला सत्य हुनसक्ने सम्भावना लगभग शतप्रतिशत भए पनि आधिकारिक पुष्टि भने भएको छैन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट