मङ्सिर २३, काठमाडौँ । समानुपातिक सांसद चयन गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । उसले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन दलहरूलाई निर्देशन दिइसकेको छ ।