2026-08-29 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रदुषण न्युनिकरणमा जोड दिनुपर्ने साझा धारणा

नन्दराम जैशी, भाद्र ३१, जुम्ला । जिल्लामा शुक्रबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका सहभागिले जुम्लामा बढ्दै गएको प्रदुषण न्युनिकरण गर्न सबैले जोड दिनुपर्ने बताएका छन् । जुम्लामा दिन प्रतिदिन जल, जमिन, वायु तथा ध्वनि प्रदुषण बढिरहेको भन्दै प्रदुषण न्युनिकरणमा सबैले आ आफ्नो क्षेत्रबाट जोड दिनुपर्ने उनिहरको भनाइ छ । जिल्ला स्थीत सरोकारवाला निकायको सहभागितामा शुक्रबार जिविस जुम्लाको सभाहलमा सम्पन्न भएको प्रदुषण नियन्त्रण राष्ट्रिय रणनिति तथा कार्य योजना तर्जुमा जिल्ला स्तर परामर्श कार्यशाला गोष्ठिका सहभागिले यस्तो बताएका हुन् ।       

जुम्लामा हाल विस्तारै बढ्दै गएका उद्यम विकास, औधोगिकिकरण, अन्वेषण तथा विकासका प्रतिफल र शहरीकरण तथा बस्ती विस्तारका कारण जल, जमिन, वायु तथा ध्वनि प्रदुषण बढ्दै गएको हो । स्थानियको जिबन शैलिमा आएको परीबर्तनका साथै जिल्ला स्थीत सरकारी, गैर सरकारी कार्यालयद्धारा एकिकृत योजना र समन्वयको अभावका कारण प्रदुषण न्युनिकरणका लागि खासै उल्लेखनिय काम भएको पाइदैन । कार्यशाला गोष्ठिमा सहभागिद्धारा समुह मार्फत जिल्लाको प्रदुषण स्थीति, न्युनिकरणका लागि भैरहेका प्रयास र अबको योजनाका बिषयमा छलफल गरीएको थियो ।          

नेपालमा बढ्दै गइरहेको प्रदूषण नियन्त्रणका लागि नेपालका १४ वटा जिल्लामा अध्ययन थालिएको छ । हिमाली जिल्लाका मुस्ताङ, जुम्ला तथा पहाड र तराईका जिल्लामा पनि प्रदूषण नियन्त्रणका लागि जनसंख्या तथा वातावारण मन्त्रालयका सचिवहरुले अध्ययन थालि रहेका हुन् । वातावारण मन्त्रालयका विषशज्ञ युवराज भट्ट लगाएत ४ जना विषशज्ञको टोलीले जुम्लाको प्रदूषणको अवस्थाका विषयमा सरोकारवालसँग छलफल हो छ । छलफलबाट जुम्लाका विभिन्न क्षेत्रगत निकाय तथा स्थानिय निकायबिच कार्यक्रम तर्जुमाको अवस्थामा संवाद तथा समन्वय नभएको बताइएको छ ।

एकिकृत योजना तर्जुमा एक आपसका कार्यक्रमले प्रदुषण नियन्त्रणमा पुर्याएको सकारात्मक तथा नकरात्मक प्रभावहरुको समिक्षा तथा सुधार गर्नुपर्ने क्षेत्रहरुको संयुक्त रुपमा पहिचान नभएको पाइएको छ । जुम्लामा प्रदुषण नियन्त्रण गर्न समन्वयका लागि विभिन्न संस्थागत संयन्त्रको ब्यवस्था गरीएपनि त्यसको भुमिका तथा प्रभावकारीता कमजोर गोष्ठिका सहभागिले बताएका छन् ।      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो