२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिसमसमा हड्तालमा उत्रिदै एप्पलका कर्मचारी

२०७९, २३ मंसिर शुक्रबार ११:०५

मङ्सिर २३, काठमाडौँ । राम्रो तलब र निश्चित घण्टाको  कामको मागलाई लिएर बेलायत र अमेरिकापछि अष्ट्रेलियामा पनि एप्पलका कर्मचारीहरुले छुट्टीको समयमा हड्ताल गर्ने घोषणा गरेका छन् । 

अष्ट्रेलियाका सयौं एप्पल कामदारहरूले राम्रो कामको अवस्था र ज्यालाको माग गर्दै क्रिसमस अघि हड्तालमा जाने तयारी गरिरहेको युनियन नेता र कर्मचारीहरूले बताएका हुन्।

 

कामदारको असन्तुष्टि र चाइना प्लान्टमा उत्पादन अभावको कारणले पहिले नै माग पूरा गर्न संघर्ष गरिरहेको कम्पनीको लागि यसले स्थिति अझ खराब बनाउने ठानिएको छ ।

अष्ट्रेलियाका करिब ४ हजार कर्मचारी करिब दुई दिनको हड्तालमा सहभागी हुनेछन् । अष्ट्रेलियाको रिटेल एण्ड फास्ट फूड वर्कर्स युनियनका सदस्यहरूले माग गरेका मुद्दाहरूमा निश्चित रोस्टरहरू, कामको तय गरिएको घण्टा, लगातार दुई दिनको सप्ताहन्त र सहमतिमा वार्षिक ज्याला वृद्धि लगायतको कुरा समावेश छ।

'यो क्रिसमस हड्ताल हाम्रा सदस्यहरूका लागि परिवार र साथीहरूसँगको समय फिर्ता लिनको लागि एक तरिका हो जबकि व्यवस्थापनले कामदारहरूलाई सबैभन्दा आधारभूत न्यूनतम रोस्टरिङ अधिकारहरू दिन अस्वीकार गरिरहेको छ,' युनियनका सचिव जोश कुलिननले रोयटर्सलाई भनेका छन् ।

हडताल गर्ने कामदारहरू डिसेम्बर २३ मा स्थानीय समय अनुसार दिउँसो ३ बजे देशव्यापी एप्पलको खुद्रा आउटलेटहरूबाट बाहिर निस्कनेछन् र क्रिसमसको पूर्वसन्ध्यासम्म काम गर्ने छैनन् । यो समय एप्पलको आईफोन, घडी र अन्य उत्पादनहरूको बिक्रीको लागि सबैभन्दा बढी बिक्री हुने समय हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट