१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता सुशान्तसिंह राजपुतको फ्ल्याट अहिलेसम्म किन लागेन भाडामा?

२६ मंसिर २०७९, सोमबार ०८:३४

मङ्सिर २६, काठमाडौँ | बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको साढे दुई वर्ष भयो। उनी बान्द्रास्थित फ्ल्याटमा मृत फेला परेका थिए।

समुद्रतिर फर्किएको चार बेडरूम भएको उनको बसेको उक्त फ्ल्याट आकर्षकमध्ये पर्छ। तर यो अहिलेसम्म भाडामा लागेको छैन। 


रियल स्टेट ब्रोकर रफिक मर्चेन्टले यो फ्ल्याट मासिक पाँच लाख भारूमा भाडामा लगाउन विज्ञापन गरेका छन्। तर यो फ्ल्याट सुशान्तको भन्ने थाहा पाएपछि सम्पर्क गरेका ग्राहकहरू पनि नआउने समस्या भएको उनले बताएका छन्।

मानिसहरू यो फ्ल्याटमा बस्न डराएको पनि मर्चेन्टले बताएका छन्। सुशान्तको यही फ्ल्याटमा निधन भएको सुनेपछि त उनीहरू हेर्न पनि आउँदैनन्।

'मानिसहरू यो फल्याटमा आउनै डराउँछन्। सुरूमा केही थाहा नहुँदा आउन खोज्नेहरू पनि सुशान्तको कुरा सुनेपछि हेर्न पनि आउँदैनन्,' मर्चेन्टले भनेका छन्, 'सुशान्त बितेको यति समय भइसक्यो, अब चाहिँ एकाध मान्छेले यो कुरा थाहा पाएर पनि हेर्नसम्म आउन थालेका छन्। अहिलेसम्म कसैले बस्ने निधो भने गरेको छैन।'

मर्चेन्टका अनुसार यो फ्ल्याट विदेश बस्ने भारतीयको हो। उनले अरू कुनै सेलेब्रेटीलाई भने यो फ्ल्याट नदिने भनेका छन्। त्यसैले फ्ल्याट मालिकको प्राथमिकतामा व्यापारी भएको उनले जानकारी दिए।

यसअघि सुशान्तले यो फ्ल्याट साढे चार लाख भारू महिनाको तिरेर बसेका थिए। ३६०० वर्गफिटमा फैलिएको यो अपार्टमेन्टमा चार वटा बेडरूम छ र बरन्डा पनि छ। 

उनी सन् २०१९ मा यहाँ सरेका थिए। फ्ल्याटमा उनकी प्रेमिका रिया चक्रवर्ती र अरू केही साथीहरू पनि बस्दै आएका थिए। सुशान्तको निधनपछि यो फ्ल्याट खाली छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह