१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मकवानपुर हत्या घटना: मारेर खाल्डोमा पुर्ने रोज पक्राउ

२७ मंसिर २०७९, मंगलवार १०:१०

मङ्सिर २७, काठमाडौँ | मकवानपुर प्रहरीले जिल्लाको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेकी सरस्वती वाइबालाई हत्या गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्या आरोपमा सोही ठाउँ बस्ने ३३ वर्षीय रोज वाइबालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । गत १३ गतेदेखि हराएकी ३५ वर्षीया वाइबाको शव २४ गते बेलुकी भटिएको थियो । अनुसन्धानका क्रममा आरोपीलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।


आफ्नी श्रीमती हराएपछी गत १७ गते सरस्वतीका श्रीमान बिर बहादु वाइबाले खिजिदिना निवेदन दिएका थिए । २४ गते प्रहरी टोली र परिवारले खोजतलास गर्दा आरोपी रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भाग देखिने गरी खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो । शव फेलापरेपछी प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित अनुसन्धान गर्दा रोज वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपीले सामान्य भनाभन हुँदा एक थप्पड हानेको र भुईमा लड़ेपछी थप प्रहार गरेर खाल्डोमा पुरेको बताएको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुने र सोही अनुसार मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह