१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्मरमा बाँधेको ५० हजार लुट्न राहत लिन भन्दै जंगल पुर्‍याएर ९० वर्षीया वृद्धाको हत्या

१ पुष २०७९, शुक्रबार ०८:२८

पुस १, काठमाडौँ | झुक्याएर जंगलमा लगी ९० वर्षीया महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित पारीवनको पाखाको जंगलमा लगेर ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई पक्राउ गरेको हो । 


गत मंसिर २० गतेदेखि घरबाट हराएकी डिल्ली पुतुवार २२ गते पारीवन पाखा सामुदायिक वनको खोल्सामा मृत भेटिएकी थिइन् । टाउको र मुखमा चोट लागेको अवस्थामा उनी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । पक्राउ परेका शिवभक्ति डिल्लीकै छिमेकी भएको पनि प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या

गत २० गते डिल्ली पुतुवारलाई छिमेकी नरेन्द्र शिवभक्तिले चिसापानी चप्पल कारखानामा राहत बाँडिरहेको छ भनेर सुनाए । त्यसपछि पुतुवारले राहत दिएको ठाउँमा आफूलाई पनि लगिदिन आग्रह गरिन् । उनले नरेन्द्रलाई राहत ल्याइदिन र दिएको राहत आफूले उनैलाई दिने बताइन् । तर नरेन्द्रले उनलाई जंगलको बाटो डोर्‍याउँदै पारीवन पाखाको खोल्सामा पुर्‍याए । त्यसपछि नरेन्द्रले चुरोट खाउँ भनेपछि दुवैजनाले चुरोट सल्काए ।

डिल्लीको कम्मरमा बाँधेको पटुकीमा पैसा छ भन्ने थाहा पाएपछि नरेन्द्रले ढुंगाले टाउको र गर्धनमा हानेर हत्या गरे । त्यसपछि मृतकको शवलाई खोल्सामै लुकाएर उनीसँग भएको ४५/५० हजार रुपैयाँ लिएर नरेन्द्र घर फर्किए । हत्यापछि प्रहरीले खोजिरहेको शंका लागेपछि उनी फरार रहेका थिए । अनुसन्धानकै क्रममा उनलाई मंसिर २९ गते तारकेश्वर नगरपालिका-६ पुशलबाटै पक्राउ गरिएको एसपी कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह