१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध!

१ पुष २०७९, शुक्रबार ०८:५२

पुस १, काठमाडौँ | पछिल्लो निर्वाचनमा उल्लेख्य जनमतसहित संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा  बोल्न प्रतिबन्ध लगाइएको छ।

समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषय बोल्न निषेध गरिएको हो।


सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ। थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ।

सांसदहरूका पछिल्ला अन्तर्वार्ता कन्ट्रोभर्सी (विवाद) भएपछि सभापति रवि लामिछानेले नबोल्न निर्देशन दिएका हुन्। एक नेताले भने, ‘‘मिडियामा अन्तरवार्ता दिन गएपछि धेरै प्रश्नहरू आउँछन्। पार्टीको नीति बिचार स्पष्ट छैन। सभापतिकै नागरिकता र पासपोर्ट विवाद छ। यसबारेका बहस गर्दा थप विवाद आइलाग्ने भएकाले मिडियामा नजाने भन्ने सर्कुलर आएको छ।’’

संघीय संसद्को चौथो शक्तिका रूपमा उदाएको रास्वपाका २० जना सांसद छन्। उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको हो। पार्टीको नीति बिचार सबन्धमा सांसदहरूले आफूअनुकुलको विचारबारे व्याख्या गरिरहेकाले अहिले नै दुई धार देखा परिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह