2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनौठो रोग जसले औंठाछाप र हस्तरेखा मेटाइदिन्छ

पुस ३, काठमाडौँ | चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औंठाछाप अर्थात् फिंगरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो ।

तपाईं चाहे नागरिकता, पासवर्ड बनाउन जानुहोस् वा बैंकमा खाता खोल्न जानुहोस् आफ्नो औंठाछाप लगाउनैपर्छ । तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरु सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औंलाका औंठाछाप सबै गायब हुन्छन् ।

यो रोगको नाम एड्रमेटोग्लिफिया हो । यो एक वंशाणुगत रोग हो । सन् २००७ मा पहिलोपटक यो रोगको बिरामी पत्ता लागेको थियो ।

एक विदेशी महिला अमेरिका जाँदै थिइन् । उनको अनुहार त राहदानीमा रहेको अनुहारसँग मिल्यो तर अध्यागमनका अधिकारीहरुले उनको फिंगरप्रिन्ट बुझ्नै सकेनन् । किनकि उनको कुनै पनि औंलामा औंठाछाप नै थिएनन् ।

त्यही समय बंगलादेशमा पनि यस्तै घटना सार्वजनिक भयो । तर बंगलादेशमा औंठाछाप नभएका एक–दुईजना व्यक्ति होइन पूरै परिवार नै थियो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जब एक परिवार सरकारी कार्यालय पुग्यो तब अधिकारीहरु हैरान भए । परिवारका कुनै पनि सदस्यको फिंगरप्रिन्ट थिएन । निकै छलफल तथा लामो अनिर्णयपछि उनीहरुको पहिचानपत्र जारी भयो तर परिचयपत्रमा पनि फिंगरप्रिन्ट नभएको उल्लेख गरियो ।

आखिर केही मानिसमा किन औंठाछाप छैन भन्ने बारेमा अनुसन्धान सुरु भयो र एड्रमेटोग्लिफिया रोग पत्ता लाग्यो । यो एक दुर्लभ वंशाणुगत रोग हो जसले औंठाछाप गायब बनाइदिन्छ ।

भ्रूणको विकासकै क्रममा बच्चाको औंलामा औंठाछाप तयार हुन्छ । औंठाछाप अर्थात् औंलामा हुने निश्चित चक्रीय प्याटर्न । यो गोलाकार पनि हुनसक्छ र चुच्चो पनि वा अर्कै प्याटर्न पनि हुनसक्छ । यसलाई डम्र्याटोग्लिफ भनिन्छ । त्यही औंठाछाप नहुनुलाई एड्रमेटोग्लिफिया भनिन्छ ।

सन् २०११ मा वैज्ञानिकहरुले यो दुर्लभ वंशाणुगत रोगको कारण पत्ता लगाए । गर्भावस्थाका बेला भ्रूणको शरीरका जिन स्माक्यार्ड १ म म्युटेसन हुन्छ । यो त्यही जिन हो जसले गर्भको बच्चाका औंलामा औंठाछाप बनाउन भूमिका खेल्छ । यो रोगले मानिसमा पसिना ग्रन्थिको आकार पनि घटाइदिन्छ । जसकारण राम्रोसँग पसिना आउन पाउँदैन र अनेक खालका स्वास्थ्य समस्या आउँछन् । यसले गर्मीमा बस्दा वा धेरै काम गर्दा शरीरमा ज्वरो आउने जस्ता समस्या देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई