२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस संसदीय दलमा देउवा र गगनमा को कति बलियो?

२०७९, ५ पुष मंगलवार ०९:१२

पुस ५, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा दुई नेता मैदानमा आउने लगभग पक्का भइसकेको छ । संस्थापन पक्षबाट अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा मैदानमा उत्रिसकेका छन् । आज बिहान बसेको संस्थापन इतर समूहबाट संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुने बताइएको छ । अब देउवा र गगन संसदीय दलको नेताको उमेदवार बन्दै गर्दा यी दुई नेतामा को बलियो छ भन्ने विषयले चर्चा पाइरहेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ । 


संस्थापनबाट देउवा र संस्थापनइतर समूहबाट गगन मैदानमा उत्रिरहँदा को बलियो भन्ने प्रश्नले सबैलाई उठाएको छ । पार्टीका महामन्त्री गगन थापाले आम निर्वाचनमा भोट माग्दा नै मतदातासमक्ष आफू “प्रधानमन्त्री बन्न कांग्रेस संसदीय दलको नेताका लागि पार्टीभित्रै लड्ने” प्रतिबद्धता जनाएका थिए। देउवाले यस्तो संकेत नगरेपछि उनीनिकटका नेताहरुले देउवा नै आगामी प्रधानमन्त्री हुने दावी गरिरहेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा गगनलाई संसदीय दलको नेता बनाउन कस्सिएर लागिरहेका छन् ।

देउवा समूहले पाँच वर्षअघिको संसदीय दलको नेता चयन गर्ने चुनावअघि जस्तै यसपटक पनि सर्वसम्मत रूपमा पार्टीको नेता छानिनु पर्ने बताइरहेको छ, तर गगन उठ्ने पक्का भइसकेका कारण कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने देखिन्छ । संस्थापन पक्षका नेता एवम् कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार “सकेसम्म हामी सर्वसम्मत नै संसदीय दलको नेता चयन गर्ने पक्षमा छौँ।” प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्। संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले भोट हाल्न पाउँछन्।

त्यसमध्ये ५० जनाभन्दा बढी सांसदहरू देउवा पक्षका रहेका उनीनिकटका नेता बताउँछन् । उनी निकटका एक नेताका अनुसार ५० प्रतिशतभन्दा बढी सांसद सभापति देउवा पक्षका छन् ।

त्यस हिसाबले संसदीय दलमा देउवाले नै जित्ने सम्भावना बढी देखिएको ती नेता बताउँछन् । स्रोतका अनुसार देउवाको पक्षमा ५४ सांसद रहेका छन् । देउवाइतर समूहमा रहेका सांसदको सङ्ख्या ३५ हुने देखिन्छ। गगन थापा संसदीय दलको नेता बन्ने निश्चित भएका कारण युवा सांसदको मत खोस्ने संस्थापन इतर समूहको दावी छ । विश्वप्रकाश शर्मा, धनराज गुरुङ, चन्द्र भण्डारीजस्ता इमान्दार नेता संस्थापन इतर समूहमा रहेका कारण गगनले धेरै मत तान्ने उनी निकटका नेताको भनाइ छ ।

‘परिवर्तन चाहने सांसद यसअघि जुन पक्षमा देखिए पनि ति सांसदले अब गगन थापालाई रोज्नेछन्’ संस्थापनइतर समूहका एक नेताले भने, ‘संस्थापन इतरबाट ४० प्रतिशत सांसद निर्वाचित सांसद भएर आएका छन्, यसबाहेक १५ प्रतिशत सांसद गगनको पक्षमा आउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल