१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान गर्ने सांसदले खिचे मतपत्रको तस्बिर, सामाजिक सञ्जालमा पोस्ट गर्न गगनको चुनौती

६ पुष २०७९, बुधबार ०६:००

पुस ६, काठमाडौँ | नेपाली कांग्रेसको हालै सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले नियम विपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन्। 

यसरी तस्बिर खिच्ने कम्तीमा १०-११ जना सांसदहरू रहेको संसदीय दलका उम्मेदवार गगन थापाले बताए।


‘मतदानका क्रममा आफ्नै आँखा अगाडि १०-११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो। मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै, त्यसो नगर्नुहोस् भन्दा भन्दै पनि १०/११ जना साथीले मोबाइल निकालेर तस्बिर खिच्नुभयो।’

नेता थापाका अनुसार सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला भनेर हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय नबनाइ मोबाल बोक्न दिएको बताए।

‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो। अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि। मेरो अनुरोध छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा ती फोटो पोस्ट गरेर देखाइदिनुस्।’

उनले फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुने भन्दै सार्वजनिक गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह