२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदान गर्ने सांसदले खिचे मतपत्रको तस्बिर, सामाजिक सञ्जालमा पोस्ट गर्न गगनको चुनौती

२०७९, ६ पुष बुधबार ०६:००

पुस ६, काठमाडौँ | नेपाली कांग्रेसको हालै सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले नियम विपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन्। 

यसरी तस्बिर खिच्ने कम्तीमा १०-११ जना सांसदहरू रहेको संसदीय दलका उम्मेदवार गगन थापाले बताए।


‘मतदानका क्रममा आफ्नै आँखा अगाडि १०-११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो। मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै, त्यसो नगर्नुहोस् भन्दा भन्दै पनि १०/११ जना साथीले मोबाइल निकालेर तस्बिर खिच्नुभयो।’

नेता थापाका अनुसार सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला भनेर हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय नबनाइ मोबाल बोक्न दिएको बताए।

‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो। अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि। मेरो अनुरोध छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा ती फोटो पोस्ट गरेर देखाइदिनुस्।’

उनले फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुने भन्दै सार्वजनिक गर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल