१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले बोलाएपनि बालुवाटार नगई बालकोट पुगे प्रचण्ड

१० पुष २०७९, आईतवार ०८:४६

पुस १०, काठमाडौँ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बालकोट पुगेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी नछाडेपछी प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका हुन्। देउवाले बालुवाटारमा बोलाएपनि उनी बालुटारतर्फ नगई बालकोट पुगेका हुन्।

बैठकमा देवगुरुङ, शंकर पोखरेल, नारायणकाजी श्रेष्ठ, विष्णु रिमाल सहभागी छन्। नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक ओली निवास बालकोट पुगेका हुन्। 


आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न नसकेपछि प्रचण्ड बालुवाटारबार बाहिरिएका हुन्। गठबन्धन तोडियो भनेर हिँडेका प्रचण्डलाई देउवाले अन्तिम प्रयासका लागि बालुवाटार बोलाएका थिए तर उनी बालकोट गएका हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन।

कांग्रेस र माओवादी दुवैले नेकपा एमालेलाई देखाएर वार्गेनिङ गर्दै गठबन्धन छाड्ने ‘धम्की’ दिँदै आएका छन्।  बैठकमा कुरा मिल्न नसकेपछि नयाँ रणनीति तय गर्न प्रचण्ड ओलीसँग संवाद गर्न पुगेका हुन्। 

आइतबार सत्ता समीकरण र भावी राजनीतिक समीकरणका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका छन्। दुई नेताबीच अब बन्ने सरकार र राष्ट्रपतिले दिएको समयसीमा घर्किन लाग्दा पनि सहमति नभएको विषयमा कुराकानी भएको थियो।  बालकोटबाट लिङदेन बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। लामिछानेले पनि सत्ता समीकरण र सरकार गठनकै विषयमा छलफल गरेका छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या