१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डसँगै आज क-कसले लिँदैछन् शपथ?

११ पुष २०७९, सोमबार ०७:२२

पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्।

प्रचण्डसँगै माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीमा शपथ लिने भएका छन्। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानको जिम्मेवारी दिने निर्णय गरेको हो।


अरु को को बन्दैछन् मन्त्री?

प्रचण्डसँगै आज चार जना मन्त्रीले शपथ लिने तयारी गरेको छ। एमालेले पहिलो चरणमा उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने भएको छ। पौडेललाई उपप्रधानसहित गृह वा अर्थमध्ये मन्त्रालय दिने तयारी गरेको छ। 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आजै शपथ लिने तयारी रहेको छ।

प्रचण्ड गठबन्धन सरकारमा एमालेले ८ मन्त्रालय लिने भएको छ। यसैगरी माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय, जसपाले एक राज्यसहित ३ मन्त्रालय, राप्रपाले एक राज्यसहित ३ मन्त्रालय र जनमत पार्टीले एक राज्यसहित २ मन्त्रालय लिने गठबन्धनमा मोटामोटी सहमति भएको बताइएको छ। यता नागरिक उन्मुक्ति पार्टीबाट पनि सरकारमा सहभागी हुने नहुनेबारे छलफल चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह