२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी सिर्जना देखि निःशुल्क विदेश पठाएकोसम्म श्रममन्त्रीले सुनाए ५३ बुँदे प्रगति विवरण

११ पुष २०७९, सोमबार ०९:३४

पुस ११, काठमाडौँ | श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । उनले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषय समेटेर आफ्नो कार्यकाल फलदायी भएको दावी गरेका छन् ।

नयाँ मन्त्रीमण्डल गठन हुनुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कुँवरले आफ्नो कार्यकालको उपलब्धिलाई ५३ बुँदामा व्याख्या गरेका छन् । जसमा मन्त्रालयको दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएको बैठकका उपलब्धि समेत समेटिएका छन् ।

कुँवरका अनुसार रोजगारी सम्बन्धी कार्यक्रमहरुको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गरिएको छ ।

श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।

बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको बताए ।


१३ असार, २०७९ मा कुँवर मन्त्रिपरिषद्को सदस्यको रूपमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

‘पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको सन्दर्भमा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हक हितलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रयास गर्‍यौं,’  उनले भने, ‘अर्को तर्फ योगदानमा आधारित सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा रहेका श्रमिकहरुका लागि मात्र सञ्चालनमा रहेको विद्यमान अवस्थालाई विस्तार गरी ठूलो संख्यामा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्र र वैदेशिक रोजगारीमा रहनु भएका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गरिएको छ ।’

यस्ता व्यवस्थाको कार्यान्वयनबाट सबै श्रमिकहरुलाई सामजिक सुरक्षाको प्रत्याभूति प्रदान हुने र समग्र देशको अर्थ व्यवस्था सुधार भई मुलुकको विकास र श्रमिक वर्गको आर्थिक अवस्थामा थप टेवा पुग्ने मन्त्री कुँवरको विश्वास छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । उनले आन्तरिक रोजगारी सिर्जना गरेकोदेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाएकोसम्मका विषय समेटेर आफ्नो कार्यकाल फलदायी भएको दावी गरेका छन् ।

नयाँ मन्त्रीमण्डल गठन हुनुअघि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कुँवरले आफ्नो कार्यकालको उपलब्धिलाई ५३ बुँदामा व्याख्या गरेका छन् । जसमा मन्त्रालयको दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएको बैठकका उपलब्धि समेत समेटिएका छन् ।

कुँवरका अनुसार रोजगारी सम्बन्धी कार्यक्रमहरुको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गरिएको छ ।

श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको उल्लेख गरेका छन् ।

बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको बताए ।

१३ असार, २०७९ मा कुँवर मन्त्रिपरिषद्को सदस्यको रूपमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएका थिए ।

‘पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको सन्दर्भमा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हक हितलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रयास गर्‍यौं,’  उनले भने, ‘अर्को तर्फ योगदानमा आधारित सामाजिक सुरक्षा औपचारिक क्षेत्रमा रहेका श्रमिकहरुका लागि मात्र सञ्चालनमा रहेको विद्यमान अवस्थालाई विस्तार गरी ठूलो संख्यामा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्र र वैदेशिक रोजगारीमा रहनु भएका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि स्वीकृत गरिएको छ ।’

यस्ता व्यवस्थाको कार्यान्वयनबाट सबै श्रमिकहरुलाई सामजिक सुरक्षाको प्रत्याभूति प्रदान हुने र समग्र देशको अर्थ व्यवस्था सुधार भई मुलुकको विकास र श्रमिक वर्गको आर्थिक अवस्थामा थप टेवा पुग्ने मन्त्री कुँवरको विश्वास छ ।

नेपालको श्रम प्रशासनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाएको भन्दै उनले

‘संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको छ’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…