१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी

१३ पुष २०७९, बुधबार ०६:०७

पुस १२, काठमाडौँ । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ। बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को नातेदारको  सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताबीच छलफल भएको हो।

छलफलका लागि प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए। प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको छ। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन्। प्रचण्डले नै उनीहरुबीच भेटवार्ता गराउन मध्यस्थतामा लागेका छन्।


पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली-नेपालबीच संवाद भएको थियो। प्रधानमन्त्री  प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए।

एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मंगलबार राति एसका अध्यक्ष नेपाल र  उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको स्रोतले जनाएको छ। एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्। वाम गठबन्धन नेतृत्वको सरकार बनेकाले कांग्रेसलाई बाहिर राखेर प्रचण्डसँगै सहयात्रामा रहेका नेपाललाई सहभागी गराउन नेताहरु लागि परेका हुन्। 

मंगलबार मात्रै नेपालले प्रचण्डले जानकारी नै नदिइ प्रधानमन्त्री बनेको गुनासो गरेका थिए।'हाम्रो पार्टीलाई जानकारी नै नदिइ प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। पत्रिकामा फोटो देखेर थाहा भयो।’ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, 'प्रचण्डजीको व्यवहारबाट म दुःखी भएको छु। कांग्रेस र माओवादी दुबैबाट पीडित भइयो’। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार