पुस १३, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । दुई नेताले एकीकृत नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन् ।