२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसले रोक्यो नेकपा एकीकृत समाजवादी र जसपाको एकीकरण ?

२०७९, १४ पुष बिहीबार ०६:४८

पुस १४, काठमाडौँ | नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेसँगै वाम एकताको चर्चा पनि सुरु भएको छ । त्यो वाम एकतामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई ल्याउने प्रयास पनि भइरहेको छ । तर जसपा वाम एकता गर्ने भन्दा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकीकरण गर्ने पक्षमा देखिन्छ ।


यसका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रयास पनि गरेका हुन् तर सो पार्टीका संघीय परिषद्का अध्यक्ष अशोक राईले सहमति नजनाएपछि तत्कालका लागि सो प्रक्रिया स्थगित भएको हो । प्रतिनिधि तथा प्रदेशसभाको चुनावअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादवबीच एकीकरणका लागि छलफल भएको थियो तर चुनावको कारण त्यसलाई स्थगित गरिएको थियो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा एकीकृत समाजवादीको तर्फबाट एकताका लागि प्रस्ताव आएको तर ठोस रुपमा त्यो कुरा अगाडि नबढेको बताए । अहिले नेकपा एकीकृत समाजवादी र एमालेबीच एकीकरणको कुरा भइरहेको हुनाले यता कुनै कुरा अगाडि बढ्छ जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

नेकपा एकीकृत समाजवादी स्रोत अनुसार एकीकरण संवादलाई चुनावलगत्तै अगाडि बढाउने सहमति अध्यक्ष नेपाल र अध्यक्ष यादवको बीचमा भएको थियो । चुनाव सकेपछि जसपाका अध्यक्ष यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच संवाद पनि भयो । उनीहरुको बीचमा तीन चारपटक यस विषयमा छलफल भएर सकारात्मक रुपमै कुरा अगाडि बढिरहेको अवस्थामा जसपा संघीय परिषद्का अध्यक्ष राईले सो एकीकरणमा सहमति नदिएपछि त्यो तत्कालका लागि रोकिएको हो ।

नेकपा एकीकृत समाजवादीका एक नेताले भने, ‘अशोक राईले एमालेसँग सम्बन्ध बिगार्न चाहनु भएको छैन, माधव नेपालको पार्टीसँग एकीकरण गरेपछि एमाले रिसाउने डर उहाँमा छ । त्यही भएर उहाँले हामीसँग एकीकरणका लागि उपेन्द्र यादवलाई रोक्नुभयो ।’

अहिले नेपालको राजनीतिले नयाँ कोर्स लिएको कारण यी सबै कुरा स्थगित रहेको उनले बताए । वाम एकताका लागि छलफल भइरहेको र त्यसमा जसपालाई पनि सामेल गराउने प्रयास भइरहेको स्रोतले दाबी गरेको छ । वाम एकतामा जसपालाई सामेल गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कुराकानी गरिसकेका छन् । तर उपेन्द्र यादव वाम एकताका लागि सकारात्मक देखिएका छैनन् ।

हिजोदेखि एमाले र नेकपा एकीकृत समाजवादीबीच सम्बन्ध सुधारका लागि पहल भएको छ । सके पार्टी एकता, नभए सहकार्यमा जान सक्ने गरी दुई पार्टीबीच छलफल सुरु भएको स्रोत बताउँछ । त्यसका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेलदेखि लिएर पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले अध्यक्ष नेपाललाई भेटेर कुराकानी गरिसकेका छन् । बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट गराउने प्रयास भए पनि सम्भव भने भएन । बुधबार प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओलीबीच छुट्टाछुट्टै छलफल गरेका थिए ।

एमाले वा जसपासँग एकीकरण गर्ने कि एकैपटक वाम एकता गर्ने विषयमा नेकपा एकीकृत समाजवादीभित्र पनि छलफल सुरु भएको छ । बुधबार मात्र अध्यक्ष नेपालले काठमाडौँमा उपलब्ध पदाधिकारीसँग छलफल गरे भने बाहिर रहेका नेताहरुसँग भर्चुअल संवाद गरेका छन् । यस अवस्थामा नेकपा एकीकृत समाजवादी र जसपा बीचको एकीकरणको सम्भावना टाढिएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल